Posted by: elusivecat September 19, 2008
BRAKING NEWS!!! PAGAL MANTRI MATRIKA RESIGNS!!!!!!!!
Login in to Rate this Post:     0       ?        
कान्तिपुर विशेष: अपरेसन मातृका


सुबोध गौतम 

लोकतान्त्रिक/गणतान्त्रिक सरकारमा एक विवादास्पद राजनीतिक चर्चित पात्र बनेका छन्- भूमिसुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादव । पछिल्लोपटक रामनगर, मिर्चैया- ३ सिरहामा आफ्नै नेतृत्वमा निजी घरजग्गा अतिक्रमण गरी विगतको विवादास्पद छविलाई निरन्तरता दिएपछि उनीमाथि अनेक खाले प्रश्नहरू ओइरिएका छन् । उनी सरकारमा रहेर विधिको शासन विपरीतका कामलाई निरन्तरता दि“दैछन् ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले निजी घरजग्गा अतिक्रमण गर्नेलाई हटाएको चौबीस घन्टा नबित्दै मन्त्री यादव पार्टर्ीी कार्यकर्तास“गै गएर अतिक्रमणकारीलाई पुनः त्यही स्थानमा राख्न सफल भए । मन्त्रीकै कारण सिरहा दिनहु“ तनावमा बा“चिरहेको छ । उनको यो क्रियाकलाप पहिलो होइन । गिरिजाप्रसाद कोइराला सरकारमा वनमन्त्री हु“दा लतिलपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई शौचालयमा थुने । उनले भने- 'पर्यावरण बिग्रिए के हुन्छ - गन्हाउनेे कोठामा बस्नुहोस् भनेको हु“ ।'र्

कर्मचारी शौचालयमा थुनिएको विरोधमा कर्मचारी संघ-संगठनहरू देशव्यापी रूपमा उत्रिए । ती संघ-संगठनले मन्त्रीलाई मानसिक रोग भएको आरोप लगाउ“दै उपचारका लागि देशभरबाट पैसा संकलन गरेर मन्त्रालयमा बुझाए । उनले माफी मागेनन् । आन्दोलनकारी नै थाके ।  

यतिमात्र कहा“ हो र - राजधानी नजिकैको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित सैनिक गणमा बन्दी जीवन बिताउ“दाको अनुभव उनले बूढानीलकण्ठको एउटा रिसोर्टमा भइरहेको अन्तर्रर्ााटय सम्मेलनमा सुनाए । भाषण गर्दै भने- 'निकुञ्जको सुरक्षा गर्न बसेका सेनाले ब“देल र मृग मार्छन् । कर्र्णोल सापले पोका पारेर घर-घरमा पुर्‍याउ“छन् । त्यो सब म जेल बस्दा थाहा पाएको हु“ । मैले पनि त्यस्तो मासु खाएको हु“ ।'

यो भाषणका कारण गतवर्षवैशाख ५ गतेको मन्त्रिपरिषद बैठक अवरुद्ध भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बैठक सुरुलगत्तै मातृकाको भाषणप्रति आपत्ति जनाए । दर्ुइ जनाबीच चर्काचर्की भयो । कोइरालाले 'लोकतान्त्रिक मान्यताअनुरूप अर्को मन्त्रालयको कार्यक्षेत्रभित्र गएर र्सार्वजनिक भाषण नगर्न' निर्देशन दिनासाथ मातृकाले त्यसको प्रतिवाद गरे । यो घटनाले धेरै दिनसम्म मन्त्रिपरिषद बैठक भएन । यो पनि संसदीय लोकतन्त्रको इतिहासमा पहिलो घटना थियो ।

यसपछि सेनासम्बन्धी अर्को विवाद भयो । रौतहट सिरहाबीचमा भइरहेको वन फ“डानी नियन्त्रण गर्न आफ्नो निवासमा सुरक्षार्थ बसेका १८ सैनिक जवानलाई स“गै जान मातृकाले आग्रह गरे । ती जवानले सैनिक हेडक्वाटरको निर्देशनमा जान नमिल्ने जवाफ दिएपछि उनले जवानहरू बस्ने कोठामा ताल्चा लगाएर मन्त्री निवास छाडे । त्यतिबेला उनले भनेका थिए- 'तिमीहरूले राजा वीरेन्द्रलाई त सुरक्षा दिन सकेनौ, मलाई के दिन्थ्यौ । तिमीहरू मलाई चाहि“दैन ।'

त्यस्तै गैंडा मारेर खाग तस्करी गरेको आरोपमा सेनाका भगौडा जवानसहित केही व्यक्तिलाई वन मन्त्रालय नेतृत्वको टोलीले बर्दियामा पक्राउ गर्‍यो । अन्य व्यक्तिलाई निकुञ्ज प्रशासनले कारबाही गरेको भए तापनि सैनिक जवानलाई स्थानीय गणले आफ्नो नियन्त्रणमा राखेर कारबाही गरिरहेको थियो । ती व्यक्तिलाई केन्द्रमा झिकाएर कारबाही गर्न मातृकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक श्याम बजिमयलाई निर्देशन दिए । बजिमयले यो काम निकुञ्जको कार्यक्षेत्रभित्र नपर्ने र सेना आफैंले गर्ने सुझाव दिएपछि उनलाई तत्काल पदबाट हटाएर अर्को व्यक्तिलाई महानिर्देशक बनाए । 

संरक्षण सम्बन्धी ऐनले सेनाका जवान केन्द्रमा झिकाएर कारबाही गर्न मिल्दैन भन्ने जिकिर बजिमयको थियो । तत्काल र प्रभावकारी कारबाही हुनर्ुपर्छ भन्ने मानसिकताले मातृकाले उनीहरूलाई काठमाडौं झिकाएर बयान लिन लगाए । कर्मचारीतन्त्रको इतिहासमा अर्काे घटना रौतहटमा भयो । प्रमुखदेखि पियनसम्मका १ सय २४ जना कर्मचारी एकैदिन काज सरुवा भए । यति धेरै संख्यामा एउटै कार्यालयबाट काज सरुवा भएको त्यो घटना पहिलो हो ।

अनेक उट्पटयाङ कामका कारण बाहिरमात्र होइन, आफ्नै पार्टर्ीींक्तिबाट पनि यादवको आलोचना नभएको होइन । उनी कानुनी शासनविरुद्ध गलत काम 'जनताको हितमा' भन्दै फुत्कि“दै आएका छन् । तैपनि मन्त्री पदमा रहन सफल छन् । जानकारका अनुसार, माओवादी अध्यक्ष प्रचण्ड स्वयम्ले काम, कर्तव्य र जिम्मेवारीप्रति संयमित हुन मातृकालाई पार्टर्ीीैठकभित्र बारम्बार आग्रह गर्थे ।

बाल्यकालमा एउटै आ“गनमा हर्ुर्किएका उनका साथी ब्रजकिशोर यादव भन्छन्- 'उनी पार्टर्ीी महत्त्वपर्ूण्ा व्यक्ति हुन् । तर्राईका प्रभावशाली र पुराना नेता मानिन्छन् । निम्नस्तरका जनतास“ग उनको प्रत्यक्ष सम्बन्ध छ । स्थानीय तहमा राम्रो पकड हुनु उनको सकारात्मक पक्ष हो ।' मधेसको प्रतिनिधित्वका दृष्टिकोणले पार्टर्ीी पनि उनलाई महत्त्वपर्ूण्ा स्थान दि“दैआएको छ ।  

वनमन्त्री रह“दा धेरै विवाद आएपछि उनले बीचमा एकपटक राजिनामा पनि दिएका थिए । तर पछि माओवादी नेतृत्वकै दबाबमा पुनः त्यही मन्त्रालयमा आए । मातृकालाई नजिकबाट चिन्नेहरूले समेत यसपटक उनी मन्त्री नहुने अड्कल काटिरहेका थिए । सपथग्रहणका बेला उनी कोशी प्रभावित क्षेत्रमा घुमिरहेका थिए । तीन दिनपछि मात्र काठमाडौं आए र सपथ लिए । 

४९ वषर्ीय मन्त्री यादवले वन प्रशासनलाई सुधार्ने प्रयास नगरेका होइनन् । वनमन्त्री भएपछि काठ, जडीबुटी र वन्यजन्तु तस्करी नियन्त्रण गर्नका लागि उनी दिनरात नखटेका होइनन् । वन विनाश, रक्तचन्दन तस्करी, गैंडाको सिकार र खाग तस्करी नियन्त्रणका लागि व्यवस्थापिका संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गरे । त्यसको फलस्वरूप धेरै हदसम्म ती नियन्त्रण भएका पनि हुन् । तर पनि विवादास्पद मुद्दा र समस्या उनले टुङ्गोमा पुर्‍याउन सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक अन्नपूर्ण्ाानन्द दास भन्छन्, 'एक्लो वृहस्पतिले के गर्न सक्छ र -'र्

कर्मचारीलाई शौचालयमा थुनेको घटनाले पछिल्लो समयमा उनलाई हर्ेर्ने कर्मचारी दृष्टिकोणमा फरक आयो । प्रशासन संयन्त्रले त्यति सहयोग गरेनन् । वनजंगल र वन्यजन्तु संरक्षणसम्बन्धी हुने छलफल, गोष्ठी र सम्मेलनलाई कम खर्चिलो बनाउने प्रयास पनि गरे । त्यस्ता कार्यक्रममा खर्च हुने रकमलाई उत्पादनशील काममा लगाउन यादवले दाताहरूलाई पटक-पटक आग्रह गरेका थिए । सकभर पा“चतारे होटलमा कार्यक्रम नगर्न र सा“झमा 'ककटेल' पार्टर्ीीराख्न उर्दी जारी गरेका थिए । 

कार्यक्रममा पूरा समय बस्ने र हरेक मुद्दा र समस्याबारे सबैको कुरा सुन्ने बानी उनमा छ । तर निर्ण्र्ााभने आफ्नो विवेकअनुसार गर्थे । धेरै काममा हात हाल्ने र तत्काल कारबाही गर्नर्ुपर्छ भन्ने मान्यताबाट ग्रसित मातृकाको व्यक्तिगत जीवन सरल र व्यावहारिक भए पनि वनको नेतृत्व सफल हुन सकेन । र्सवसाधारण, पार्टर्ीीार्यकर्ता र सञ्चारकर्मीलाई समय दिने कुरामा उनी उदार छन् । मन्त्रालयले गर्ने काम र त्यहा“भित्रका समस्याहरू पारदर्शी हुनर्ुपर्छ भन्ने उनको मान्यता छ । तिनलाई र्सार्वजनिक गर्न उनी चुक्दैनथे । ठूलठूला तस्करी र अन्य घटनाबारे सञ्चारकर्मीलाई तत्काल जानकारी दिने र स“गै लिएर जाने गर्थे । 'मन्त्रीदेखि महानिर्देशकसम्मले घूस खाने प्रवृत्ति केही हदसम्म अन्त्य भएको थियो,' यादव गतिविधिलाई नजिकबाट नियालेका पत्रकार निमेष रेग्मी भन्छन्- 'उनी आफैंमा इमानदार पनि हुन् । धर्ैयता गुमाउने, छिट्टै आवेशमा आउने र औपचारिकताको अभाव उनका अवगुण हुन् ।'  

धनुषा सवैला गाविस- ६ मा जन्मिएका मातृका परिवारका काहि“ला सन्तान हुन् । उनी ०२८ देखि वामपन्थी राजनीतिमा सक्रिय भएका छन् । माओवादी-सरकारबीचको युद्घका क्रममा उनलाई भारत सरकारले पक्राउ गरेर नेपाल फिर्ता गरेको थियो । 

सेनाका विभिन्न गणमा उनलाई राखिएको थियो । जानकारहरूका अनुसार, यसक्रममा उनलाई मानसिक तथा भौतिक यातना दिइयो । उनी लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित छन् । वनको कार्यभार सम्हालेपछि मातृका आफ्नो उपचारको सिलसिलामा तीनपटक बैंकक र धेरैपटक दिल्ली गइसकेका छन् । घा“टी, ढाडमा उनलाई नसासम्बन्धी समस्या छ । बीचमा मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए ।

Read Full Discussion Thread for this article