Posted by: Birkhe_Maila August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

श्री नेत्रनाथ नगरकोटी द्वारा ज्ञापन गरिएको हर्सित भाव हामिले स्विकार गरिबक्सेर त्यसलाई ३० ले गुणन गरिबक्सेर हाम्रा भारदार श्री पुन्टेन्द्र प्यारा परियारको चिल्लो तालुमा घोटि बक्सेर, चिल्लो बनाइबक्सेको तिस गुने ज्ञापनपत्रलाई हाम्रा अर्का भारदार श्रि लहरेकान्त लाकौल द्वारा चाँदीको खाममा हाल्न लगाइबक्सेर,शाहज्यादी  दीपिका देवि दवाडी तथा शाहज्यादी चेलिमाया चामलिङ्ग लगायतले प्रयोग भोग गर्दै आएको अद्वितीय सुगन्ध दिने अत्तर लेपन गरिबक्सेर,हाम्रा अर्का भारदार श्री हर्कबहादुर हमाल द्वारा शीकार गरिबक्सेको बँदेलको ह्याकुलो हाम्रै अर्का भारदार श्री राहुलभाई रायमाझीको करकमलबाट बिभिन्न मरमसला हालेर पकाउन लगाइबक्सी, यहि ज्ञापनपत्र सहित चौतारीमा फिर्ता बुझाईबक्सेका छौँ!


सिरि चौतारीनाथले हामि सबैको कल्यान गरुन


जय चउतारी

 

Read Full Discussion Thread for this article