Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

                                                माइली बुढी हराएको अर्को सुचना

माइली बुढी हराएको पहिलो सुचना निकालेको एक हप्ता बित्दा पनि माइली बुढी फेला नपरेको र चौतारी मा मुख त के नाक पनि देखाउन नआएको ले यो रस्रङ प्रधान आँफै चकित भैबक्सेको छ। माइली बुढी जिम्बाल बाट पिटिएर सख्त घाइते भएको कुरा पनि गाम्भरी हल्ला फैलिएको छ। एस्तो परिस्थितीमा म रस्रङ प्रधानको हैसियतले केही कदम चाल्नु पर्ने देखिन्छ। एसो हेर्दा एस्मा पक्कै जिम्बालको दोष रहेको पुष्टी मेरो एकल इजिलासले निर्णय गरेको छ। एस्तो अत्यन्तै गम्भिर अवस्थामा सबैलाई धैर्य धारण गर्नु हुन पनि अपिल गरिन्छ र जिम्बाल भन्ने बिर्खे बहादुर बोगती लाई हुस्सु दण्ड दिने निर्णय गरिन्छ। हुस्सु दण्ड मुताबिक जिम्बाललाई आजकै मिती अहिले को समय चौतारी मन्त्री परिषद को प्रवक्ता बाट पदच्युत गरिएको छ। निजले खाइ आइरहेको तलब भत्ता पनि सबै बन्द हुने र निजलाई घोक्रोठ्याक लाउने कुरा को जानकारी पनि सबैलाई गरिन्छ। धन्यवाद।

चौतारी रस्रङ बिभाग 

Last edited: 07-Aug-08 12:32 PM
Read Full Discussion Thread for this article