उत्तर: परापुर्व कालमा नागको पनि चुच्चो पुच्छर थियो रे। चुच्चो पुच्छर भएको ले त्यो नाग सबैलाई आफ्नो पुच्छर ले घोच्दै हिड्थ्यो रे। एसरी त्यो नाग सबैलाई दु:ख दिन्थे। सबै मानव समाज त्यो नाग देखी पीडित थिए तर नाग नागराज को छोरो भएको ले केही कदम चलाऊन सकेको थिएन। कसैले केही नगरने हुनाले त्यो नागले सबैलाई घोचेर मनोरन्जन लिन थाले। एस्तो नाग को ब्यहार बाट सबै पीडित थिए। एक दिन नाग जङल को बाटो जादै थिए। तेसै बेला क्याँरु क्याँरु भएर नाग यता उता हेर्न थाले। हेर्दै जादाँ नाग ले एउटा ॠषिलाई रुखमुनी तपस्या गर्दै गरेको देखे रे। त्यस्पछी नागको मन मा एउटा बिचार आयो - त्यो के भने त्यो ॠषिलाई पुच्छर ले घोच्ने। त्यस्पछी नाग ले ॠषिलाई पुच्छरले घोच्न थाल्यो। जती घोचेपची ॠषितपस्या गरेको गरै गरेर बसे रे। एकछिन पछी नागलाई रिस उठेर ॠषिलाई बेस्कन नाकै को प्वालमा पुच्छर ले घोचेपछी ॠषिको तपस्या भङ भयो। यो देखेर नाग हेखँ हेखँ हेखँ हेखँ हेखँ गरी हाँसिराकेको थियो। ॠषिलाई रिस उठेर नाग लाई अब देखी नाग हरु पुच्छर चुचो नहुनु भनी सराप दिए। सराप दिनासाथ नाग को पुच्छर चुच्चो भएन। तेसैले तब देखी नागको पुच्छर चुचो नभएको जनविश्वास छ।
चौतरी रस्रङ प्रधान