Posted by: gaalab August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
आज पनि प्रणाम टक्र्यायाँ! आशीर्वाद पनि टक्र्यायाँ! शुभसन्ध्या पनि टक्र्यायाँ!

खाँटी कुरा के भने, आज ब्यान ब्यानै आपिस जान लाग्या' त एउटा कालोकालो ठिटो, हात्ती छाप चप्पल पिटी पिटी  पड्काउँदै लुखुर लुखुर उकालो लाइराख्या' रच। हातमा बल्छी पनि बोक्या, नाक पनि सिरिक-सिरिक बजाउँदै हिंड्या छाँटले हाम्रै कुम्ले जस्तै लागो र बोलाको त, बाल दिने हैन भन्या!

यो जिन्दगीले भेल पनि खायो, जेल पनि खायो, तैपनि तर यी आँखाले फेल खा' था'पाछैन। लौ भन गाम्लेहो, आज कुम्लेले मलाई किन देख्या नदेख्यै गरो???

:(
Read Full Discussion Thread for this article