Posted by: Rahuldai June 24, 2008
Divorce Law in Nepal.
Login in to Rate this Post:     0       ?        

त्यसो त म वकिल होइन, तै पनि अर्ध न्यायिक अड्डामा ५ बर्ष जती काम गरेकोले डिभोर्स सम्बन्धी अनेक मुद्दा देखियो र बुझियो, त्यसैले केही लेख्ने जमर्को गरेको छु।
दुबैजना को सहमतिमा  पारपाचुके गर्ने भए माथि वकिल साहेबअले भने जस्ताइ गर्ने र हुने हो। तर  सहमतिमा हुने डिभोर्स प्राय नक्कली र कागजी हुने र दुबै पक्ष बिच बिमती भई यस्तो काठोर कदम चाल्ने नै धेरै हुन्छन।


केटी पक्षले पारपाचुके चाहे मा।


१- सिधै जिल्ला अदालतमा मनाशिव माफिक को कारण सहित् फिराद हाल्न पाईन्छ। मनाशिव माफिक को भन्नाले, ३ बर्ष देखी छुट्टा छुट्टै बसेमा, सौता   ल्याएको खण्डमा, भरण पोषण न गरे मा, शारीरिक हानी नोक्सानी पुर्‍याउने खाल को कृयाकलाप गरेमा, मानसिक सन्तुलन न भएको खण्डमा आदी इत्यादी ।
साक्षी प्रमाण हेरी अदालतले सिधै पारपाचुके अबश्यक शर्त सहित गरी दिने गर्दछ।

केटा पक्ष ले चाहेमा।


१- सिधै जिल्ला अदालतमा फिराद हाल्न न पाइने ।
२- सर्बप्रथम नगरपालिकामा पारपाचुके गरी पाउं भनेर निबेदन हाल्नु पर्ने हुन्छ। ३ बर्ष सम्म संगै न बसेमा, १० बर्षा सम्म कुनै सन्तान न भएमा। बदचलन भएमा, मानसिक सन्तुलन गुमाए मा।
३- नगरपालिका ले दुबै पक्षलाई झिकाइ सके सम्म मिलापत्र गराउने वा पुनर्बिचार गर्न करिब १ बर्ष सम्म समय दिन्छ। त्यतिन्जेल पनि कुनै समाधान भएन भने नगरपालिका ले आफ्नो राय सहित आदालतमा गाई मुद्दा टुङो लगाउन आदेश जारी गर्दछ।
 
 

Read Full Discussion Thread for this article