Posted by: serial February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन

कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यही कँही माझमा
फेरी पनि मेरो केही गुनासो छैन

धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ
आकाशबाट एउटै तारा विलाई गयो माझमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए

चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा
एकदिन त बादल फाटी घाम लाग्ने आशमा

हुरी बतास बर्षासँगै बगिगयो भेलमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन

के छ हो,
अली बीजी भईयो आज।
रिट्ठे कम जिम्बाल लाई तारेमाम
हुल का हुल राइछ त चौतारीमा आज 

Read Full Discussion Thread for this article