Posted by: Ishwor February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

सप्पै लाई, यो शुकरबारे बिहानि को जदौ!

आफु त आज पुनि हाटा गर्नु पर्ने होला। यो चौपारीमा म छिरे पछि सप्पै कुन चैं दुलामा लुक्चन् कोनि? हन मेरो अनारनै तेस्तो डरलाग्दो छ र भन्या? हुन त परार साल तिर यो चौपारीआँ भेट भाको एकजना बुइनि (नाम चैं ऐले बिर्सें)ले मेरो फोटु मागेकि थिइ, मैले पुनि मक्ख परेर दिएँ पनि। आजसम्मन् कसैले मसँ तेसरी फोटु नमागेको, मुलाई त ठुलो जिज्ञासा भओ किन मागेकि होली भनेर। बडो साहस गरेर सोधें-"हन, बुइनि यो फोटु ले'र तिमि के गर्चौ? पक्कै पूजा अर्दिनौ होलि?"
ति बुइनिले भनेको आज सम्मुन् कानाँ गुन्जिराच-"काँ हुनु नि दाइ, तपाईंका दुइटै भान्जाहरु बदमास भए, यो फोटो देखाएर उनिहरुलाई तर्साउँन काम लाग्छ के।"

उनले सोजो पाराँ भनी, आफु त छाँगा बाट खसेर हाँगामा लट्केको जस्तो भुइ हालो नि। अब चैं कसैलाई फोटु नदिने कसम जो खाचु। ए गाँठे! यो चौपारीआँ आ'सि के के बेहोर्न पर्नि हो के के।

काँ मरेच त्यो भउते। तेल्ले सिका'रे त्यो सप्पै टिरिक पछि पो था भो। अनेक जानेको छ बज्जे ले।

:-)>

 


 

Read Full Discussion Thread for this article