Posted by: Poonte February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

अयरपोटाँ पुगेम्। फुन सुन त आ'थेन, तै नि चानस जो लिम् के रे भुनेर लागेको तेता। ब्यानै उड्नु अघि त फुन अरेथे, भरै त्याँ (ह्याँ) पुगेसि फीरि अरुम्ला भुनेर। बुढाको फुनको, चईनि, बैटरी सकियो होला, उसलाई फुन मार्दा नि सिधै भ्वाईस मेलाँ जानि।

वरि परि गर्धन तन्काई तन्काई खोज्दै थेम्। एउटो कुप्रेका बुढा लौरो टेक्दै हिंडि रा' देखेम्। खोल्च्याङ् खोल्च्याङ नि अर्दै थे। झन्डै गर्धना समातेर तर्साईन ति पराई लाई। बोल्न नि नसक्नि "ख्वाईं ख्वाईं" मत्र अर्नि को अर्कै परेच।

अर्का बुढालाई ह्वील चेराँ डोराई रा' थि एउटी शोडषीले। हो न हो, अस्ति फुटाँ देखेको तेस्को सातौं स्वास्नी तेई हो भुनेर हुत्तिन्दै गा'को, झण्डै मारेन मोरीको चप्पलको झट्टारोले!

जिम्माल त के, बज्जे बुढाको नलि खुट्टो नि भेट्टाईन, अनि फर्कें।

आईले त, चईनि, मासागर माथि घुर्दै होलान् पातकी बुढा!

Read Full Discussion Thread for this article