Posted by: world_map February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

सुन्तले, यामे, ठूली, राहुलदाइ, ग्वाँचे, चेली सबैमा जदौ!

ग्वाँचू बाजे, तपाइको कथा दामी गयो। तपाइको कथा लेखन शैली, कल्पनाशीलता बेजोड छ। आधुनिक र समसामयिक
कथाहरूले समाजका थुप्रै विसंगति, समस्याप्रति तपाइले उठाउनुभएका प्रश्नले गर्दा तपाइको कथा उच्चकोटीमा पर्दछ।
हरेक ठाउँका वास्तविकतासँग मेल खाने वर्णन गर्ने खूबी तपाइमा छ। जस्तो कि यसमा भियतनामको वर्णन। तपाइका
 कथाहरू मध्ये मलाइ ९-११ को कथा साह्रै मार्मिक लागेको थियो, उक्त कथा लेख्दा तपाइले अमेरिका भ्रमण गर्नुभएको थिएन क्यारे, तैपनि
वर्णन यति स्पष्ट र वास्तविक लाग्थ्यो कि तपाइ आफैंले देखे भोगेर लेख्नुभएको जस्तै। अनि मार्मिकता र दु:खलाइ 
दर्शाउने क्षमताको त कुरै नगरूम्, तपाइको कथा पढ्दा बेला बेलामा मुटु गाँठो पर्न थाल्छ, कहिले काहीं त आँखामा 
आँसु आउँछ।

शतकांकको 'अलिखित कथा' भन्ने कथा निक्कै नै समसामयिक एवं दर्दनाक थियो, हरेक कुराको डिटेलमा गरिएको
वर्णन र समय, साल आदिको ठीक क्यालकुलेशनले तपाइको कथालाइ एकदम यथार्थपरक र शिक्षाप्रद बनाउने गर्छ। तपाइको यस
कथाले पनि हाम्रो समकालीन समाज, अवस्थाको सरल अनि आधुनिक भाषामा चित्रण गर्छ। सबैको जीवनमा, वरिपरि
घटिरहने घटनालाइ तपाइले निकै मज्जाले कथामा रूपान्तरण गर्नुहुन्छ। अरू पनि कथा पढ्न पाइने आशामा छु।

हे हे! अनि यो कथा 'चिलीम समाज'को लागि चैं गतिलो जवाफ हो! 
Last edited: 21-Feb-08 08:59 AM
Read Full Discussion Thread for this article