आज ९० सालको भूकम्पको यो फोटू हेरेर केही लेख्न मन लाग्यो, सबै भत्केको रहेछ त्यो बेला। यो पाटनको ठूलो घण्टाको
फोटू हो, दायाँतिरको कृष्ण मन्दिर शैलीको मन्दिरलाइ 'च्यासिङ् देवल' भनिन्छ जहाँ जुन कृष्णकै मन्दिर हो तर
प्रसिद्ध कृष्ण मन्दिर चैं होइन। च्यासिङ् देवल समेत यसरी भत्केको रहेछ, उक्त ढुंगै ढुंगाको मन्दिर भत्केर कोही चिनेको
मानिसको टाउको फुटेर भयावह तरिकाले मरेको भन्ने कुरा सुनेको थिएँ सानो हुँदा, अहिले त कसले भनेको पनि भुलिसकें, सायद
बाजे बज्यैले हुनुपर्छ।
ठूलो घण्टाको मुनि पट्टिका पसलहरू नि सबै भत्केछन्, अहिले पनि पसलहरू छन् त्यहाँ। पछाडि पट्टी 'मूल चोक' भित्रको
मन्दिर नि भत्केछ, झन् बायाँतिरको तलेजु भवानीको मन्दिर त पूरै भत्केर पाताल भएछ। त्यति ठूलो र अग्लो
मन्दिर त निकै नराम्ररी भत्केछ। फेरी पुरै बनाएका रहेछन्।
उक्त महाभुकम्पमा नभत्केको भनेको प्रसिध्द कृष्ण मन्दिर मात्र थियो क्यारे। बनेको समयदेखि अहिलेसम्म एक पल्ट
पनि भत्केको छैन। भनिन्छ, यस्तो बलियो हुनुको रहस्य हो, कृष्ण मन्दिर बनाउँदा ढुंगा जोड्न माटो प्रयोग गर्नुको
सट्टा चाकू र तील प्रयोग गरिएको थियो रे, यसैकारण ढुंगालाइ निकै कस्सेर समाएको छ।
२०४६ सालको दशैं तिर कृष्ण मन्दिरको देब्रेतिरको महादेव मन्दिर भत्केको थियो पुरै, कुनै भूकम्प बिना नै, केही
मानिसको मृत्यु पनि भएको थियो। पछि फेरी बनाइयो मन्दिर।
लु हेरम् ९० सालको महाभूकम्पको अवस्था।
यो चैं अहिलेको तस्वीर।