Posted by: Birkhe_Maila February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हन ए बैँशले कुत्कुत्याएका पातकी बजियाहरु हो, जिम्दै छु अझै क्यार्न घाटाँ लग्या लास जस्तो अर्छौ हँ? तिनका सत्तेनास हुन नसक्या कुलङ्गार हो, तिम्रा पोटिलो गाला नि चाउरिन्छन एउदिन्, हाम्रा नलिखुट्टाँ त बरु उ बेला दइदुद खा' ताकत बाँकि छ तिम्रा नलिखुट्टो मेरा उमेराँ त मक्केको मकैको ढोड जस्तो हुन्छ! यिनलाई हैजाले लान नसक्या अब कति बर्ख बाँच्छौ भन्छन् ए अल्सिनाहरु, अझ चाइन्जो कान्छो नातीको कान्छो छोरोको बे नहेरि त जेमराजले नि केइ आँट्न सक्दैनन मलाई! ए गाँठे, के सम्ज्या छौ आफूलाई गजप ठिटो छौ भन्ठान्या छौ, तिम्रा बथानले डिँगाउँन नसक्ने भउतेको मावलीको अग्राखको खामो यी एइ ज्यानले जुरुक्क बोकेर बनाटि गाम सम्म ल्याइपुरा हो। तिम्रा बल्डेङ्गरे आँखामा चमजम्रा पर्न नसक्या भातमारा हो, बुडो भन्छौ तिमेरु नि एउदिन बुडो हुन्छौ! स्वाँssssस्वाँssss ख्वाक्क... ख्वाक्क.. खुइयsss!!!

Read Full Discussion Thread for this article