Posted by: Rahuldai February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।

श्री बयोब्रिद्ध बिर्ख बहादुर् बोगटीज्यू,

बिषय:- जानकारी गराइएको बारे।

महोदय,
          उपर्युक्त सम्बन्धमा तपाईले उठाउनु भएको तमाखु बारे हाम्रो ध्यान आक्रिष्ट भएको छ। चिलिम कल्याण समाज को सुरुवात गौशलाको शान्दार म:म: को भोजन पश्चात आराध्यदेब महादेबको बुटी चिलिम सेवनमा जुन अतुलनीय आनन्दको आभास मिल्दछ, त्यसको प्रचार प्रशार् तीन त्रिभुवन् चौध
लोक सबै तिर गर्न हुन स्वयं महादेबको आग्रहलाई ध्यानमा राखी गठन गरिएको हो। तसर्थ, यस समाजमा बुटि सहितको चिलिम, हुक्का सहित को चिलिमलाई अझ उच्च सम्मन गर्दै स्थापना घोषणा पत्र मै यी दुबैलाई लाइफ मेम्बर् दिने प्रस्तावना गरिएको छ। कतिपयले लाइफ मेम्बर् बनी आ-आफ्ना वाइफ लाइ समेत मेम्बर बनाई सकेको परिप्रेक्ष्मा, यहाँलाई लाइफ मेम्बर् बनिदिन हुन समेत सबिनय अनुरोध गरिन्छ।
 


भवदिय
अध्यक्ष

Last edited: 07-Feb-08 02:35 PM
Read Full Discussion Thread for this article