Posted by: Rahuldai February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।


श्री बिस्टे राम बिष्टज्यू,

बिषय:- सदस्यता स्विक्रित गरिएको बारे

महोदय,
            उपर्युक्त सम्बन्धमा तपाईले आजैको मितिमा दिनु भएको सदस्यता सम्बन्धी निबेदन माथि गम्भिर छलफल हुंदा, तपाईको चिलिम प्रतिको लगाव फिलिम् प्रतिको झुकाव भन्दा नि बढि देखेकोले तपाई बिष्टजीलाई अतिबिशिष्ट सदस्यता प्रदान गर्ने उच्च स्तरिय निर्णय गरिएको ब्यहोरा सहर्ष जानकारी गराइन्छ।


 आशा छ, चिलिम कल्याण समाजको बहुआयामिक प्रभावलाई अभावमा पार्ने कुनै प्रभाव गर्नु हुने छैन। तपाईंको चिलिमे दुनियाको उत्तरोतर प्रगतिको कामना सहित पुन: एकपटक हार्दिक बधाई दिन चाहन्छौ।

भवदिय
अध्यक्ष

Read Full Discussion Thread for this article