Posted by: Birkhe_Maila February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ठूल्दाई १०० अंकको चौतारीमा फस हुने वा नहुने भन्ने बारेमा ज्योतिस श्री पं. बिर्खनाथ पंतको पञ्चाङ्क अनुसारको विस्तृत भविष्यवाणी:

ठूल्दाईको नाम 'ठ' बाट आउने हुँदा, यो माघ फागुनभरी शनी 'अनुभव' नक्षत्रमा बास गरेकोले अनुभव वर्ण र नक्षत्रमा परेका ठुल्दाईलाई शनीको प्रकोप छ! रिट्ठे 'र' बाट आउने शनी नक्षत्रका भएकोले आजको २ महिना सम्म रिट्ठे ठूल्दाईमा फस हुने बिषयमा भारी देखिन आएका छन्। रिट्ठेको मुल राशि 'सलमान' को मित्र राशि 'ऐश्वर्या' संग गत औँशी देखि वैरभाव उत्पन्न हुँदा, राशी 'सलमानको' भार 'अनुभव' नक्षत्रतिर सरेको हो! यस ग्रहदशाको दोशले ठुल्दाईमा यो दुई महिनामा व्यापारमा हानी, म:म इत्यादी पकवानमा लाभ, कर्ण फुस्फुस यानिकि टेलिफोनमा लाभ, राजनितीमा हानी तथा गृहमन्त्रालयमा मध्यम गुण रहेको छ। लाभ-हानी वृत्त लाई अध्ययन गर्दा, लाभ वा हानी दुवैमा ठुल्दाई र गुण बर्तुलाकारमा घुमेको देखिन्छ, यसको अर्थ न त ठुल्दाई फस हुनुहुन्छ न त लाभ वा हानि नै। यस अर्थमा पनि ठुल्दाईको फस हुने योग यो समयावधीमा देखिँदैन। पठनपाठनमा भने समयानुचित लाभ देखिन्छ तर उक्त लाभबाट लाभान्वित भएको सुखद अनुभव भने अनुभव नक्षत्रको प्रकोपले गर्दा ठुल्दाईले गर्न पाउने देखिँदैन। केहि ग्रहदशा शान्तीको कर्म गरेमा अनुभव राशी र शनी शान्त भइ फस हुन सक्ने भने देखिन्छ।

ग्रहदशा शान्तीको उपाय-

१) प्रात:कालमा र सन्धयाकालमा १०० १०० पटक 'तारेमाम्'को जाप गर्नुहोला।

२) प्रात:कालमा चिया पिउनु भन्दा अगाडि १० डल्ला असली म:म र सन्धयाकालमा भोजनोपरान्त भरिएको पेटमा पुन: १० डल्ला म:म सेवन लाभदायी देखिन्छ।

३) यो दुइ महिना टिरेन नाम गरेको एक किसिमको वाहन वर्जीत छ।

४) खैरा छाला र निलो तथा खैरो आँखा भएका म्लेक्षहरुको दर्शन नगर्नु उत्तम छ र दर्शन भइहालेमा " ओम खैसर्य: देशे दशा लगन्ती बोरफसभ्याम तलकिफ हरे फट् स्वाहा:" को महामृत्यून्जय मन्त्रको जाप गरि तिनपानेले अभिषेक गर्नु पर्छ!

५) यो ज्योतिषलाई अमेरिखर्कको मुद्रा डलर ५००मा नघटाई दक्षिणा चढाएमा सम्पूर्ण दोश शान्त भई बोरफस हुने निश्चित छ!

 

Read Full Discussion Thread for this article