Posted by: Birkhe_Maila February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

इच्छा,आकांक्षा,घमन्ड, सद्भाव,चंचलता इत्यादी संसारमा सबैमा उस्तै हुन्छ रे, मात्र प्रकार,स्थान, भाषा र प्रस्तुतीको रुप भिन्न हुन्छ!

क) नेपालको कुनै पहाडि गाउँमा भर्खर १६ टेकेकी अत्यन्त सुन्दरी षोडसी आफ्नो सामान्य देखिने साथी कमली संग- "ओइ कमली मोरि! छ्या बाइ त्यो जगल्टे मुर्दारले आज पनि मलाई पँधेराँ नुहाइरा' बेलाँ जिस्कयायो बाइ!लाटाले केरा हेर्या जस्तो क्वारक्वार्ती हेर्छ मर्न नसकेको मुर्दार, मुख हेर्दा चिलाउन्या रुखाँ बस्ने ढेडु जस्तो छ! अझ् "ए बैनी रिबन किन्दिउँ?"रे बानको आहाराले म पोइल जालि भन्ठान्या होला नि मोराले कोहि नपा'र त्यो काले मसाने संग। अनि कासिमा गएर मुख हेरेर आऊ मुर्दार भनेर भन्देँ मैले त, रिसै उठ्ने भन्या"।
कमली- " छ्या मोरि कस्तरी भनेको बिचरालाई। केइ नराम्रो नि छैन त्यो कस्तो झिल्के छ, हुन्छ भन्द्या भए हुन्थ्यो नि मोरि"

ख) अमेरिकाको कुनै शहरमा भर्खर १८ टेकेकी सुनौलो कपाल भएकी षोडसी अत्यन्त सुन्दरी षोडसी आफ्नो सामान्य देखिने साथी सिन्डि  संग- " ...गेस वाट सिन्डि,आइ वज लाइक चेन्जिङ्ग इन माइ चियरलिडर्स चेन्जिङ रुम एन्ड दिस लुजर इज लाइक स्टेरिङ मि अल द वे फ्रम लाइक डाउनहल.....गोsssस! देन हि वज लाइक आस्किङ  मि टु गो आउट विद हिम लाइक फर दिस फ्याट यास लुजर बब्स पार्टी लाइक दिस विकेन्ड..जिइssज्...सोsss गेs!..देन आइ एम लाइक प्वाइन्टिङ्ग माइ लाइक मिडल फिंगर...देन आइ गो.ड्रिम अन लुजर!"
सिन्डि- " कमन...द्याट वज लाइक सोss मिन्...हि इज लाइक हssट!...आइ वुड गिभ इट अ ट्राई!"


Read Full Discussion Thread for this article