Posted by: Rahuldai February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

त्यो पानी चिट्ठा नि अचम्म को है, बिर्खे बा, हाम्रो जमानाको। धेरै धेरै बिर्खेबा हरुलाई उल्लु बनाए। आफुले नि बल्लतल्ल जम्मा पातेको १० पैसे सिलेबर को ढ्याक गुमाइयो। शायद म्रिगत्रिष्णा भन्ने यही हो कि?


त्यस पछी आए, क्यारेम बोर्ड को गट्टी को खेल, धेरै लाई झुक्याएर बिल्लिबांठ गरे। अहिले अली आधुनिक भए छ, ठग्ने कला। हतार मा कतार जान्छन, आँफै बेचिन्छन। हुंदा हुंदा अमेरिका मा समेत कतार भन्दै हतार मा आइपुगे। सपना बेच्नेहरु धेरै छन। सपना किन्नेहरु अनिगिन्ती। हामी आँफै बेची रहेका छौं। हिजो मुम्बई र कलकत्ता मा आमा बाहेक सबैलाई बेच्थे रे। आज आँफै
 लाई बेच्न थाले।
 

Read Full Discussion Thread for this article