लोल! रिट्ठे! हाहाहा ठुल्दाई!
दाँतको के कुरो गर्नु रिट्ठे काजी, हेरि केट्केटि बेलाँ गुलियो खा'र गोडा दुईचारेक बङ्गारा ओडार जस्तो भओ! तरुनो बेलाँ बुरुस लि जस्तो बन्न भनेर दुई-चार जना धम्मरधुसे सँअ जोरि खोजेर अगाडिका गोडा चार पाँचेक दाँत थुतुनो बाट भुइँतिर बसाइँ सरे! अब हेरि बुडेसकालाँ बाँकि भा' अलि अलि दाँत नि सुख्या सालको बुटा जस्तो खर्लङ खर्लङ अर्छ!
ठुल्दाई, हेरि बेलाँ हिरा फोर्न नखोज्या त कहाँ हो र हाम्ले पनि, स्वयम्भू नि खुब धाईयो, ब्यान ब्यानै बिज्जेस्सोरी देखुन राता, पँहेला, गुलाबि लुगा ला'का षोडसिहरुको पछि पछि स्वयम्भूको खुड्किलो उक्लेर उता सरस्वोतिथान सम्म राउन्ड माथि राउन्ड लगाम्दा नि कसैले फुट्या आँखाले नहेरेसि आनन्दकुटीमा आफ्नै पाराको आनन्द मना'र दिन बिताइयो पर्भु! आफ्नो कर्ममा त पानी चिट्ठा खेल्या जस्तो मात्र भओ सधैँ, हेर्दा पैसो ठ्याक्कै बिर्को भित्र पर्छ जस्तो लाग्ने पैसो फालेसि पानीमा ढलपलढलपल हुँदै साइडमा गएर बजारिने! कर्मै खोटो हो कि के हो बुझे मार्दिनु!