Posted by: SurNaTal February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर
बिछोडको बेलामा
-----------------

बनैमा गाउने न्याउलको बोली
यो बेला मैच्यांग के गर्दै होली
पिँडिमा बसेर के के कुरा सोच्दि हो
कहिले हांस्दी हो कहिले रुंदी हो
मलाई नै सम्झेर
हो हो हो हो हो हो हो
मलाई नै सम्झेर

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर

बिछोडको बेलामा

हो हो हो हो हो हो हो
बिछोडको बेलामा
-----------------------------------


छंग छंग गर्ने खहरे खोला
अब त छोरा ठुलो भो होला
दिनभरी खेल्दो हो
मलाई नै भुल्दो हो
सांझ परे पछी आमा लाई सोध्दो हो
खै बाबा भनेर
हो हो हो हो हो हो
खै बाबा भनेर

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर
बिछोडको बेलामा

सोमबारे जदौ, यो सुन्तले कान्छा को

बिर्खे दाई

सुनगाभा पनि अगिको लिस्टोमा भा भए के उत्तर हुदो हो?

 


 

Read Full Discussion Thread for this article