Posted by: Rahuldai February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

खै, आफुलाई तोरीको फूल  र खाने फुल बाहेक थाहा छैन। रुखमा फुलोस् कि दुखमा फुलोस्, फुले भै हाल्यो।
फूलको बारे हरिभक्त कटुवाल भन्नु हुन्छ-
फुल्न त यहाँ बेशै हो,
फुल्नै पर्छ।
काँडामा गुलाफ भै फुल्नु पर्छ,
भीरमा गुराँस भै फुल्नु पर्छ।
कसैले हावा भरिदिएको
बेलुन झै न फुलेर
हिलोमा  कमल भै फुल्नु पर्छ।

पर्बतेको साहु कडा रैछ, अड्डाबाट चौतारी चियाउन दिदैन रे। अस्थायी डेरा मा नि अन्तर् जालो छैन रे। खबर त हिजै पाइसक्यो, म:म: खाइ सक्यो।

Read Full Discussion Thread for this article