Posted by: भउते January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

 अर्धब्यास चारसय योजन हुँदा ब्यास चैँ पच्चिससय योजन हुने द्वन्दात्मक भौतिकबाद बुझ्नको लागि गोताएँ साध्य जान्न जरुरी हुन्छ। यसको लागि गोताएँलाई चौतारीको ठूलो ढुङ्गोमा ठड्याऔँ। अनि मलायको लाहुरेमा भर्तिगर्न नाप्न ला' जस्तो गरि सिधा ठाडो हुन लगाएर एउटा झिर टाउको बाट सिधै पर्फेक्ट भर्टिकल हुने गरि अनि अर्को झीर भुँडीबाट सिधै पर्फेक्ट होरिजेन्टल हुने गरि उधिन्नौँ। अब ती दुइ झीरहरु जहाँ भेट्छन त्यो बिन्दुलाई केन्द्रबिन्दु मानौँ। अब अर्धब्यास नाप्न केन्द्रबिन्दु बाट पछाडि ढाड तिर नाप्दै जाउँ। यसले चारसय योजन देखाउँछ। ब्यास नाप्नको लागि अगि झीर छिराएको भुँडीको बिन्दु देखि सिधै पछाडि ढाड सम्म जाउँ, यसले पच्चिससय योजन देखाउने छ। विस्तृत जानकारीको लागि तलको रेखाचित्र अवलोकन गरौँ।

Read Full Discussion Thread for this article