Posted by: Birkhe_Maila January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

चौतारी समाचार-

यो रेडियो चौतारी हो। अब बिर्खबहादुर बोगटी बाट चौतारि समाचार सुन्नुहोस।

वयोबृद्ध चिल्ला चौतारि सदस्य श्री पुन्टेन्द्रविक्रम परियार लामो समय देखि चौतारीमा अनुपस्थित भएको बारे छानबिन गर्न गठित १ सदस्सिय छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ। श्री भगुतभाई भन्डारी सदस्य रहेको उक्त छानविन आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ कि पुन्टेन्द्र विक्रम परियार तालुमा आलु उमार्ने सिलसिलामा अझै केहि समय चौतारीमा अनुपस्थीत हुनुहुनेछ। गत सिजनमा उमारिएको आलु सबै डढुवा लागेर सखाप भए पछि पुन: नयाँ बिरुवा लगाइएको थाहा हुन आएको छ।


कुनै समयका सकृय चौतारी सदस्य श्री कुमलेन्द्र कार्कीको भुमिगत अवश्था बारे बिभिन्न अनुमानहरु आउने क्रम जारि रहेको छ।


लहरेकान्त लाकौल चौतारी रसरंग प्रधान पद बाट निश्काशित गरिएका छन्। आफ्नो पदको गरिमा,प्रतिष्ठा र लोकप्रियतामा नै आँच आउने गरि निज लहरेकान्त लाकौल द्वारा देखाइएको पद प्रतिको उदासिनतालाई मध्य नजर राख्दै, चौतारी मन्त्रिपरिषद्ले निज लाकौललाई उक्त पद बाट भविश्यमा अयोग्य नठहरिने गरि बर्खास्त गर्दै, श्री बिष्टेराम बिष्टलाई नियुक्त गरेको छ।


स्वस्थानी व्रतकथा मुल समारोह समितिको अध्यक्ष पद बाट गालबेन्द्र गिरी द्वारा अत्याधिक व्यस्तताको कारण देखाई राजीनामा पेश गरिएको छ। गालबेन्द्र गिरीले समहाल्दै आउनुभएको उक्त पदको लागि बिज्ञापन खुलेको छ।


सुश्री ठुल्नानी ठकुरानी,महिला तथा चौतारि हरियाली कल्याण समिती बाट चौतारी साहित्यिक समाज को महासचिब पदमा सरुवा भएकि छिन्। निज ठुल्नानी ठकुरानीले चौतारीमा हरियालि ल्याएको आधारमा पहिले हरियाली कल्याण समितीको अध्यक्ष रहेकोमा, यो बर्ष लगभग सबै चौतारी युवाहरुलाफ उनले 'दा' 'दा' भन्दिँदा हरियाली खोज्ने युवाहरुले हरियोलाई पँहेलो देख्न पुगेको अवश्थामा, निजको साहित्यिक समाजमा भएको सरुवालाई चौतारि युवाहरुले सकारात्मक रुपमा लिएका छन्।
बाँकि समाचार एकैछिनको बिश्रामपछि।

Read Full Discussion Thread for this article