Posted by: Birkhe_Maila January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

बाँकि बैँशका प्रकारहरु तल दिइएका छन्।

४) छड्केको बैँश- अत्याधीक बैँशालु हुन पुग्दा दिनभरि तन मन छड्केको छड्केई गर्ने बैँशलाई छड्केको बैँश भनिन्छ। यसलाई अंग्रेजीमा 'छड्कायर्ड बैशालु सिन्ड्रोम (छ्याब्स) भनिन्छ'। यो बैँशमा षोडसिहरु देखेर, सोचेर र कल्पेर मन छड्किन्छ र छड्केको मनलाई चौतारीमा पड्केर शान्त पार्न मन लाग्छ। जस्तै- भउतेको बैँश

५) कड्केको बैँश- एउटा निश्चित उमेरमा देखा पर्ने बैँशालु प्रवृती। यसको कुनै खास लक्षण सितिमिती देखिँदैन तर यसले भित्र भित्रै खान्छ र बैँशको पराकाष्टा पुगेपछि कड्केर बाहिर आउँछ र बिषेशत: नजिकको देशको यात्रा सकाएर फर्केपछि, आफूले ताकेको तरुनि तर्केपछि र तरुनिसंग बोल्नासाथ थुक सर्केपछि। जस्तै- भउतेको उमेर र भउतेकै बैँश

६) सट्केको बैँश-  यो अत्यन्तै दुर्लभ तर भयानक किसिमको बैँश हो। संसारको पपुलेसनमा एकजनामा मात्र अहिले सम्म यो बैँश देखिएको थाहा हुन आएको छ। जस्तै- भउतेको बैँश (लक्षणका लागि भउतेलाई एक हप्ना निगरानी गर्नुहोला)

धन्यवाद्!

Read Full Discussion Thread for this article