Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

lol    जिम्माल !

अब सुन बुढेउलीको प्रकार।

 

१- कुखुरे बुढेउली: उमेरले डाँडा काटे पनि मन चैँ काँढा मै अड्केको बुढेउली, तारेमाम्। यो बुढेउली लागेको मान्छे भर्खर बास्न सिकेको कुखुराको भाले जस्तै  पोथी देखेपछि अलि अलि खुट्टा बटार्दै अनि घरी घरी जुँगा मठा्र्दै बेला बेलामा पखेटाले भ्याट भ्याट ज्यानमा हान्दै हिड्ने बुढेउली।  तर उमेरको कारण २-४ पल्ट पखेटा भ्याट भ्याट गरेपछि जोश जाँगर च्याट हुने हुनाले यसलाई कुखुरे बुढेउली भनेर नामाकरण गरियो। जत्तो कि जिम्मालबाको बुढेउली।

 

२- ढुकुरे बुढेउली:  यो बुढेउली लागेको मान्छे धेरै जस्तो पिढीमा ढुकुर जस्तै ढुक्रुक्क परेर बस्ने, उठेर हिड्ने समेत तागत नभएको तर प्वाँठ प्वाँठ तरुनी बाटोमा हिनेको देखेर घ्वाँट घ्वाँट थुक निल्ने बुढेउली। यस्तो बुढेउली लागेको मान्छेको शरिरमा अत्तिनै जोश र जाँगर भरिएको तर नली खुट्टोमा धोद्रो लागिसकेकोले डेग चल्न नसक्ने हुन्छ। जस्तो कि जिम्मालबाको बुढेउली।

 

३-कुकुरे बुढेउली: यो बुढेउली लागेको मान्छे बर्षमा ११ महिना सिकिस्त बुढो हुन्छन्।  तर एक महिना चेँ बिछट्टै तन्नेरी भएर निस्किन्छन्। अब त्यो एक महिना कुन भनेर भन्ने कुरा बुढेउलीको नामले नै स्पस्ट पार्छ। तै पनि समय अनुसार ग्लोबल वार्मीङको कारणले महिना परिवर्तन पनि हुन सक्छ। जस्तो कि जिम्माल बुढाको त्यो महिना छिटै आउँदै छ।

 

 

 

Read Full Discussion Thread for this article