Posted by: Birkhe_Maila January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

बैँश र त्यसका प्रकारहरु:

भनिन्छ बैँशमा स्याल पनि घोर्ले हुन्छ रे। बैँशमा सबै कुरा रमाइलो लाग्छ र कुकुरको पुछ्छर घुम्रिएको देखे पनि हाँसो उठ्छ रे! आउनुहोस यहि सबैको प्यारो बैँशको बारेमा केहि चर्चा परिचर्चा गरौँ। विभिन्न व्यक्तिमा बैँशको असर बिभिन्न हुन्छ। यस अनुसार बैँशलाई निम्न समुहमा बिभाजन गर्न सकिन्छ!

१) कुखुरे बैँश- कुखुरे बैँशको नाम किन कुखुरे रहन गयो त। तपाइँहरुलाई थाहै होला कुखुरा जहिले पनि चरिरहन्छ। यस्तै बैँशमा चरिरहन खोज्ने बेलाको बैँश हो कुखुरे बैँश। जस्तै: भउतेको बैँश

२) लुखुरे बैँश- लुखुरे बैँशलाई किन लुखुरे भनियो त। तपाइँहरुलाई थाहै होला लुखुरे भनेको अल्छि र सधैँ आराम मात्र गरिरहन रुचाउने। लुखुरे बैँशमा बैँशालु कुराहरुमा मन जान्छ तर लुखुरोपनले उक्त मनले भने अनुसार पाइला चाल्न दिँदैन। जस्तै: भउतेको बैँश

३) लर्के बैँश- लर्के बैँशलाई लर्के जोबन पनि भन्ने चलन छ। बिहान उठे देखि राति सुत्ने  बेला सम्म र सुतेको बेलामा सपनामा समेत २४ घन्टा बैँशालु बनाउने बैँश नै लर्के बैँश हो। जस्तै: भउतेको बैँश

धन्यवाद्।

 

Read Full Discussion Thread for this article