Posted by: भउते January 15, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

प्लिज भावी एकैछिन बस्नुस न। हजुर जानुभयो भने हामी यहाँ कसरी टिक्ने त।  हजुरको दर्शनहरु कुन हैजाले बाटाँ बसेर क्वाप्ल्वाक्क खाँदो रे'छ त, यहाँ त आइपुग्दैन। अँ बरु मेरो आफ्नै चेलोले बोस्टनाँ भेट्दा हउरको शुभेक्षा सुनाएको थ्यो। खुशीले मन नै हरहरहर भो के रे। झण्डै आँखा बाट तप्प आँसु टप्किएन, ल खुशीले। मैले नि दर्शन पठाको हुम्, दियो कि दिएन कुन्नि।

अब पोले पनि गामै जाति, पिटे पनि आमै जाति भन्छन्। भावी सँग जति फिलिङ्गा निस्किनेगरि बाझे पनि भित्री मनमा त मयाँ लाउँछ नि हउ। हउरले लठ्ठी लिएर बस्नै पर्दैन के। एकै शब्दले जता जा भन्नुहुन्छ उतै खुसीकासाथ जान्छु म त। भावीले जहाँ पठायो त्यैँ स्वर्ग समान छ, आफ्नो लागि त। अँ साँच्ची, त्यतातिर झरियो भने भावीकोमा पसेर बसेर गफ गर्न र हउरको हातले बना'को परिकारहरु खान चैँ साह्रै रहर छ मलाई।

 

नेप्ची भावी, बाँकी म:म: यता फेडेक्स अरेर पठाउनुस भो, हउरको घरबाट पुन्टेदाइको नाममा बोकेर लगेको म:म: नि म आफैले धेरै हसुरेको हो के रे। कम्ति मीठो त थिएन लौ।

Read Full Discussion Thread for this article