Posted by: Birkhe_Maila November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

अल इन्डिया रेडियोमा हाम्रो रिकुटेको संदेश:

नमस्कार, म रिकुटबहादुर रोका, लान्सनायक, सात राइफल, गोर्खा बटालियन। मेरो घर सुर्जेमुखि गाबिस वडा नम्बर सत्र हो। हामि सबै यहाँ पल्टनमा दुर्गामाताको कृपासे आरामै छौँ। कश्मिर गएर वापस आएको पनि सोलह दिन भयो। वापसिमा थोडा जोरो आएको थियो पर सरहरुको दवाइले सब ठिक गरिदियो। मासु नखाएको पनि पन्ध दिन भयो। आए साल दशैँमा घर आउँछु। यो संदेश जसले सुने पनि, सुर्जेमुखि गाबिस वडा नम्बर सत्रमा खभर करिदिनुहोला। बुबा, आमा, काका, मसुरिथानको मामा, बडा बा हर्कबहादुर, भतिजा गगन, भन्जि चन्द्रमाया, साथिहरु चन्चले, हर्के सबैलाई दर्जा अनुसारको ढोग छ। मेरि श्रिमती फुलकुमारि र छोरा भुन्टेलाई ढेर सारा प्यार। अल इन्डिया रेडियोलाई मुरि मुरि धन्यवाद्। यति भन्दै मेरो संदेश बन्द कर्छु।

रिकुटबहादुर रोका

लान्सनायक, सात राइफल, गोर्खा बटालियन

 

Read Full Discussion Thread for this article