Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

गोलभेँडाको सामान्य तर मिठो अचार बनाउने तरिका-

चाहिने सामाग्री-

५ वटा मध्यम वा ठुलो साइजको गोलभेँडा, २ वटा ताजा तथा पिरो हरियो खुर्सानि मध्यम साइजको ( एउटा खुर्सानिको करिब ५-६ टुक्रा पार्नुहोस, धेरै सानो हैन नत्र धेरै पिरो नि हुन सक्छ), ८-१० गेडा टिमुर (सकेसम्म धुलो पार्ने), ५-७ केस्रा लसुन, एउटा मध्यम साइजको प्याजको मात्र १/८  भाग (नोट:- प्याज धेरै नराख्नोस) ,  हरियो धनिया ५-६ त्यान्द्रा, एक चिम्टी बेसारको धुलो, एक चिम्टी धनियाको धुलो, अलिकता मरिचको धुलो, स्वाद अनुसार नून, अलिकता तेल, बाक्लो भाँडो, चलाउने पन्यौ, चुल्हो र अचार बनाउन चाहिने जाँगर।

बिधी-

१)गोलभेँडालाई साना टुक्रा पारेर काटेर राख्नुहोस। लसुनका केस्रालाई एक केश्राको करिब ५-६ टुक्रा बनाउनुहोस। प्याजलाई सानो पारेर काट्नुहोस, हरियो धनियालाई सकेसम्म सानो पारेर लगभग धुलो बनाएर काट्नुहोस र गहिरो भाँडो चुल्होमा मध्य तापमा बसाल्नुहोस।

२)तेल हाल्नुहोस र लगत्तै लसुनका टुक्रा हाल्नुहोस।

३) लसुन फुरेको अलिअलि बास्ना आउन थालेपछि प्याज हालेर करिब १ मिनेट चलाउनुहोस।

४) गोलभेँडा हाल्नुहोस, त्यसमा बेसार र नुन हालेर एकछिन चलाएर छोपिदिनुहोस तर अलि हल्का तापमा।

५) बिर्को झिक्नुहोस र पन्यौले घोट्न थाल्नुहोस, होस गर्नुहोस आगोको ताप हल्का होस।

६) बिर्को छोप्ने, झिक्ने र घोट्ने कार्य तब सम्म गर्नुहोस जब सम्म लगभग गोलभेँडा पाकेर पेस्ट जस्तो देखिँदैन।

७) टिमुर, मरिचको धुलो, धनियाँ को धुलो र हरियो खुर्सानिको टुक्राहरु हाल्नुहोस र करिब १ मिनट छोप्नुहोस हल्का तापमा।

८) हरियो धनियाँ हाल्नुहोस र चलाउनुहोस, गोलभेँडाको अचारमा अब मन्द मन्द हरियो खुर्सानि, टिमुर र हरियो धनियाँको बास्नाले मुखमा पानी ल्याऊछ।

९) भात, कालो दाल र काउलिको तरकारि संग यो अचार खानुहोस र मख्ख पर्नुहोस!

 

Read Full Discussion Thread for this article