Posted by: भउते November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लु युट्युबमा भेटेँ। यो गीत ठूली प्रति समर्पित !  चौतारीको भावना बिपरित भए पनि यो त टासेँ है मैले।

चित्रे, फ्यान स्यान त खाशै होइन। गाइखाने गीतहरु धेरै त सुर न तालका लाग्छन्। कहाँको हाम्रो उकाली-चौतारीहरुमा घन्किने लोकलय। कहाँको यी ढोलक ठोक्दै जगटा हल्लाउने कोलाहल। तर कुनै कुनै चैँ साह्रै मुटुमै गढेर बस्छन् के।

हो हो, रिठ्ठे, चित्रेलाई अबिश्वासको प्रश्ताव ल्याएर अर्को ५ अङ्क सम्म चौतारी चिन्न नपाउने गरी कार्बाही गर्नु पर्छ। कमसेकम चौतारीमा त कानुनी राज स्थापना गर्न परो नि।  

Read Full Discussion Thread for this article