Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

यो रेडियो चौतारी हो,

बिर्ख बहादुर बोगटि बाट मुख्य समाचार सुन्नुहोस। पुरा समाचार दिउँसो प्रसारण गरिने छ।

साझा चौतारीको तिहार बिशेषाङ्कको प्रथम पोस्टलाई लिएर निस्केको विवादले आज दोश्रो दिन पनि चौतारी प्रभावित रह्यो। अन्तरे अधिकारी द्वारा आधिकारीक रुपमा गरिएको उक्त पोस्टको अनधिकृत प्रयोग भयो भन्ने बारे चौतारी इन्जिनियर चित्रबहादुर चित्रकारले विवाद उठाएपछि यसले विस्तृत रुप लिएको थियो।

भउते भन्ने भउतभाई भन्डारीले दिदिले भाईहरुलाई दिएको आशिर्वादको हक देवरलाई पनि लाग्न पाउन पर्छ भनेर सर्वोच्च अदालतमा चढाएको निवेदनमाथि आज दिउँसो बिचार बैठक बस्दैछ। निजले चौतारीका लगभग सबैकि दिदि मास्टरनी नानिले दिएको आशिर्वादमा प्रश्न उठाउँदै उक्त आशिर्वादको हक देवरलाई पनि लाग्नु पर्ने कुरामा विवाद उत्पन्न गरेपछि, उक्त विवाद अदालत सम्म पुगेको हो।

नेपाल सम्वत ११२८को पुनित् अवसर पारेर, बिगत केहि महिना देखि भुमिगत भएका गोतामेको ब्लग पार्टीका महासचिव श्री गोतामे गौतम चौतारीमा सार्वजनिक भएका छन्। गत हप्ता निज गैतम र अर्का भुमिगत नेता दादागिरि दवाडिलाई सार्वजनिक हुन  पैँतिस दिने सुचना प्रकाशित गरिएको थियो। दादागिरि दवाडि भने हाल सम्म फरार वा भुमिगत कुनै अवस्थामा छन त्यो अज्ञात छ।

चौतारीको अन्डर्वर्ल्ड ग्याङ लिडर निशान्तको दाहिने हात मानिने रिट्ठे द्वारा तिहारको बेलामा कयौँ चौतारीबासिलाई हात खुट्टा भाँचिदिने धम्कि आएको छ। निकै सोझो भएको अभिनय गरेर बिगत केहि दिन देखि चौतारीका केहि महिला सदस्यहरुको आत्मियता पाउन सफल रिट्ठेको यो स्वरुपले चौतारीमा केहि खलबलि उतपन्न गराएको छ।

मुख्य समाचार समाप्त भयो।

धन्यवाद्

Last edited: 08-Nov-07 09:39 AM
Read Full Discussion Thread for this article