Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ए चित्रे! अगि त चौतारि बना शुभकामना नि दिन मन ला' थेन, पइला साझाको पानाँ हेर्दा 'चित्रे-चौतारी तिहार बिशेष' लेख्या थो, पछि क्याट्ट अरेर रिफ्रेस सिफ्रेस अरेर हेर्या त अन्तरे मख्ख परेर दोटा लइन लेख्या पो देखिन्छ त ए रात्तै! त्याँसि एसपालिको आसिस खोलै खोलो बगो भनेर चुपो लाइरा, अइले फेरि रिफ्रेस अर्या र मेरि बास्सै रंगिचंगि रमैलो बना रेछउ ए!

लु फलोस फुलोस

कुइएर नझरोस

गुहुको मुला मौलाए जस्तो मौलाउनु

कुकुर जस्तो नबउलाउनु

लु भाग्गेमानि भएस बजिया!

 

मास्टरनी नानि र रिट्ठे लाई तिहारको शुभकामना!

मास्टरनी नानिलाई एउटा गित सम्झाउँदै यो पोस्टको बिटो मार्छु-

पैयुँ फुल्दा त्यो लेक लेक बेशिमा बुकि फुल्दैछ

सयपत्री फूल्यो तिहारको बेला भाइ मेरो कहाँ डुल्दैछ

 

Read Full Discussion Thread for this article