Posted by: miss_ me November 7, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

अनिखेरि यो  टुक्रा मेरो पुरानो डायरी बाट -चौतारीको संपूर्ण आदरनिय दाजुहरु र प्यारा भाइहरुमा तिहारको शुभ-कामना अनि माया सहित समर्पित --

सप्तरंगी टिका जस्तै तिम्रो जीवन रंगी रहोस  
थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस  
पत्र-सयपत्रीको जति तिम्लाइ खुसी मिलोस  
मखमली फूल जस्तै नओलाउने जीवन रहोस  
 
घेरीदिए तिमीलाई बासुधारा तेल राखी  
पूजीदिए तिमीलाइ पञ्चज्योति बत्तिसाक्षी  
जित अनि दिर्घायूको कामनागरी मनभरी  
फोडिदिए दु:ख- बाधा आउने ति बाटोभरि  
 
बढिरहोस यात्रा त्यो निरन्तर गोरेटोमा  
चुमीरहोर शिखरले सधै तिम्रो पाइलामा  
शब्दभरि कोरिदिए मनभीत्रको भावना  
फलोस फुलोस तिम्रो जिवन यहि मेरो शुभ-कामना।।

Last edited: 08-Nov-07 08:43 AM
Read Full Discussion Thread for this article