Posted by: xbox October 4, 2007
काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ?
Login in to Rate this Post:     0       ?        

सबै थोक लुटियो

कपिलवस्तुमा फैलिएको साम्प्रदायिक हिँंसा-प्रतिहिंँसाको मारमा परेका निर्दोष नागरिकहरुको कथा

माधव ढुङ्गेल/चन्द्रौटा

साथमा, मनोज पौडेल

१६ वषर्ीया अमृता अनि २२ वर्षे दिलबहादुरको जोडी चखेवा-चखेवीभन्दा कमथिएन । एकै गाउँको यस जोडीले साउन २९ गते मात्र प्रेमविवाह गरेको थियो । धनका गरबि तर दिलका धनी दिलबहादुर -दिले) सँग खुसी थिइन् अमृता । तर, विवाहको ३१ औँ दिन आफ्नै सामुन्ने पतिको हत्या हुन्छ भनेर बिचरी अमृतालाई के थाहा ? चिर्पटले टाउकोमा हानेर आफ्नै अगाडि पतिको हत्या गरेको अनि घाँटीमा बाँधेको ओढ्नेमा आगो लगाएर जलाएको दृश्य थर्थर काँप्दै आफ्नै आँखाले हेर्नुपर्‍यो उनले । रुँदा-रुँदा आँसु सकिएकी अमृता भन्छिन्, "आगो लगाएपछि उहाँको ढाड र पछाडिको कपाल डढ्यो, अनुहार भने जस्ताको तस्तै थियो ।" -हेर्नुस्, सामुन्ने पानाको बक्स)

यो कहालीलाग्दो कथा हो, कपिलवस्तुको । विसनपुर गाविसको देवीपुरमा भदौ ३० गतेको आक्रमणको एक प्रत्यक्षदर्शी हुन्, अमृता । त्यस घटनामा उनले सबै थोक गुमाइन् । तर, अमृताले न मोइद खाँलाई देखेकी थिइन्, न त मोइदले कहिल्यै अमृतालाई देखेका थिए । न त मोइदको हत्यामा देवीपुर -देवीनगर) का कसैको संलग्नता थियो । अहिले पनि मोइद खाँको नाम शुद्धसँग उच्चारण गर्न नजान्ने अमृता र देवीपुरवासीले उनै मोइदको रहस्यमय हत्यापछि सबभन्दा बढी क्षति बेहोरेका छन् ।

देवीपुरका सबै घर खरानी भएका छन् । र, त्यसै क्रममा भएको आक्रमणमा अमृताका पति दिलबहादुर र जेठाजु शोभाराम सुनार मारएिका थिए । त्यसबाहेक अरू दुई जना हरबिहादुर बस्नेत, ३६, र झविन्द्रबहादुर खनाल, ४०, को पनि त्यहाँ हत्या भयो । बस्नेत र खनाललाई बेस्सरी पिटेर बलिरहेको भूसको आगोमा जीवितै हालेर मारएिको थियो । बाबुलाई जिउँदै जलाइएको दृश्य आफ्नै आँखाले देखेका छोरा केशव बस्नेत, १४, त्यहाँबाट भागेर जोगिएका थिए ।

मारएिका चारै जना गाउँका चल्तापुर्जा हुन्  । शोभाराम त विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष्ा नै थिए  । "घरबाट कोही नभाग भने अनि सबै जना घरमै थियौँ," शोभारामकी पत्नी तुलसरी भन्छिन् । दुई छोरा र चार छोरीकी आमा तुलसरी अब कहिल्यै त्यस ठाउँमा र्फकन चाहन्नन् ।

घरघरमा आगो

१२३ घर बसोवास रहेको देवीपुरमा ७०-७५ घर पहाडी मूलका छन्, बाँकी चौधरी -थारू) हरू । भदौ ३० गते बिहान पौने ८ बजेतिर अब्दुल मोइद खाँको हत्या भयो । खबर सुन्नेबित्तिकै गाउँमा सन्त्रास फैलियो तीन वर्षअघि घर जलाइएको सम्झेर । "हामीले गाउँकै चौधरीहरूलाई सोध्यौँ," अरुणा विक भन्छिन्, "तिमीहरू पनि हामीसँगै मोइदलाई मट्टी दिन जाउ“m भने ।" तर, थारूहरूले भने आधा घन्टा नहुँदै आफ्नो घरबाट सामान बाहिर झिके । उनीहरूले सामान निकालेलगत्तै घरहरूमा आगो लगाउन थालियो ।

देवीपुरको पहाडी समुदायको बस्तीमा आगो लगाउनेहरूलाई स्थानीय बासिन्दाले चिनेका छन् । सबैको नामचाहिँ भन्न सक्दैनन्  । एक बासिन्दा केही नाम सुनाउँछन्- लक्खन यादव, रामनाथ यादव, चुलबुल यादव -एकै परविारका), आलमगिर शेरा, मुसे मुसलमान, छेवर पासी आदि । छुट्टाछुट्टै सबैले चिनेका नाम मात्र जुटाउने हो भने पनि आक्रमणकारीहरू चिनिने अवस्था छ ।

मोइदको हत्या भएको सुन्नेबित्तिकै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्ष्ाक धर्मराज सुनुवारमाथि पनि आक्रमण भएको थियो । त्यसपछि चन्द्रौटाको पुलिस बिट जलाइयो अनि महादेव पोखरेलको इलेक्ट्रोनिक्स पसलबाट सुरु भयो लुटपाट ।

प्रहरीका अनुसार, चन्द्रौटा बजारमा घर-पसल गरेर ६१ वटा लुटपाट र आगजनीमा परेका छन् । ५५ ट्रक, छ बस, १० मोटरसाइकल, दुई पेट्रोल पम्प र १० मोटरसाइकल जलाएर ध्वस्त पारएिको छ । त्यस्तै कृष्णनगर बजारमा ५१ पसल र होटलसमेत लुटिएको छ । कृष्णनगरमा त कफ्र्यु लागेको भनिएको दुई घन्टापछिसम्म पनि लुटपाट भइरहेको कृष्णनगरका किराना पसले रामप्रसाद अर्याल बताउँछन् ।

सबभन्दा बढी क्ष्ाति माथि उल्लेख गरएिको देवीपुर गाउँमा भएको छ, जहाँका एक विद्यालयसहित एक सय २३ घर जलाएर खरानी पारएिको छ । दोस्रो नम्बरमा पत्थरदैया गाविस पर्छ, जस अन्तर्गत जगदीशपुरका १८, चौवाका ६१, अमलाका ३५ र खैरीका दुई गरी जम्मा एक सय १९ घरहरूमा आगो लगाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार खुरहुरयिा गाविसका ७० घर तथा मानपुर, गणेशपुर र ठकुरापुर गाविसका २५ भन्दा बढी घर पूर्ण रूपमा जलाइएका छन् । सदरमुकाम तौलिहवामा रहेको माओवादी पार्टी कार्यालय रहेका दुइटा घरमा पनि मोइद खाँका समर्थकहरूले भदौ ३० गते नै आगो लगाएका छन् ।

भोलिपल्ट दाङतिरबाट प्रतिशोध साँध्न सातवटा मोटरमा आएको अर्को समुदायले शिवपुर गाविस, खैरीका ४८ घरमा आगो लगाएको छ भने पाँच घर तोडफोड गरेको छ । छवटा ट्रक पनि ध्वस्त पारएिको छ । त्यस्तै, पूर्वतर्फबाट आएको आक्रोशित भीडले चनई गाविसको खैरन्द्रपुरमा एउटा कपास फ्याक्ट्री जलाएको छ भने चार घर र चार गाडी जलाएका छन् ।

गाउँ नै रित्तो

कपिलवस्तुका पश्चिमी गाविसहरूमा अहिले आन्तरकि शरणार्थीहरूको घुइँचो छ । गुगौली गाविसको मगरघट्टा, शिवगढी गाविसको सुन्दरीडाँडा र प्रकाश प्राविमा १२ सयजति विस्थापितहरू बसेका छन् । चन्द्रौटाको विद्यालय र राजमार्गको किनारमा रूखमुनि घरविहीनहरूको ठूलो सङ्ख्या छ । यसबाहेक थुप्रैले आफन्त र चिनजानका व्यक्तिहरूकहाँ पनि शरण लिएका छन् ।

मगरघट्टाको नेपाल तारा प्राविमा ७० परविारका चार सय १२ जना बसेका छन् । भारतको बलरामपुरबाट आएकी बबी श्रेष्ठ पनि सोही शिविरको चिसो छिँडीमा बसिरहेकी छन् । तीज मान्न माइती खुरहुरयिा-५, देवीपुर आएकी उनी दुई दिनकी सुत्केरी रहिछन् । घरमा आक्रमण हुने डरले असोज ३ गते सबै गाउँले भागेपछि उनी पनि बाबुआमासँगै गाउँ छाडेर त्यहाँ पुगेकी हुन् । जनज्योति प्रावि, पत्थरदैयाकी शिक्षिका शान्ति रोकामगर भन्छिन्, "उल्टो जन्मेको नानी बल्ल-बल्ल मातृशिशु कार्यकर्ताको सहयोगले निकाल्यौँ तर बचाउन सकिएन ।"

उनले नजिकै अर्की पहेँलो अनुहारकी दुब्ली र कमजोर महिलासँग पनि भेट गराइन् । उनी रहिछन्, २२ दिनकी सुत्केरी मनकुमारी विक । भोक मेटाउन सुक्खा चिउरा चपाउँदै गरेकी उनले हामीलाई देखेपछि चिउराको थाल लुकाइन् । काखमा सानो नानी च्याप्दै भनिन्, "१४ दिन भएको थियो नानी जन्मेको, देशीले मार्छ भनेर सबै हिँडे, म पनि हिँडेँ ।"

अस्थायी शिविरमा ८-१० यस्ता महिलाहरू छन् । १९ वषर्ीया शिवकुमारी श्रीशका पति सूर्यबहादुर भन्छन्, "डाक्टरले त १५-१६ गते डेलिभरी हुन्छ भनेको थियो, खै यस्तो अवस्था छ, कसरी उतार्नु ?" पति भारतको हरयिाणामा काम गर्न गएका रुद्रदेवी थापा आफ्नो पनि कुना पस्ने महिना नजिक आएको बताउँदै भन्छिन्, "बाँचे सुत्केरी, मरे त कालै हो क्यारे !"

शिविर व्यवस्थापनमा प्रहरी र माओवादीले सहकार्य गररिहेका छन् । खासगरी माओवादीका 'वाईसीएल' कार्यकर्ताहरू निकै सक्रिय देखिएका छन् । तर, समस्या पनि उत्तिकै देखिँदैछ । विस्थापितहरूमाझ आँखा पाक्ने, झाडा-पखाला र ज्वरोको प्रकोप फैलिएको छ । पानी परेकाले जाडो बढेको छ । न शीत छेक्ने छानो छ, न त न्यानो ओछ्याउने नै ।

शिविरमा बूढाबूढी र केटाकेटी धेरै देखिन्छन् । किनभने, अधिकांश लोग्नेमान्छे भारतमा काम गर्न जाने भएकाले आक्रमण भएका बखत घरमा केटाकेटी र बूढाबूढी बढी थिए । औसतमा एक परविार बराबर छ जना केटाकेटी रहेको अनुमान गर्न सकिन्छ । खुरहुरयिा गाविसको देवीपुर र दालपुर पूरै खाली भएको छ । "७५ प्रतिशतजति दलित रहेको त्यस ठाउँमा सिँचाइ सुविधा नभएकाले आफ्नो कमाइबाट छ महिना पनि खान पुग्दैन," गोपाल सुनार भन्छन्, "यसपालि पानी परेकाले धान राम्रो भएको थियो तर यस्तो दुर्भाग्य भयो ।"

असोज ३ गते राती ९ देखि ११ बजेको बीचमा उनीहरू घर छाडेर हिँडेका थिए । देवीपुरमा आठ घर जलाइएको छ । स्थानीय शिक्ष्ािका शान्ति रोकामगर, ४४, का अनुसार, तीन दिनसम्म खोलामा जम्मा हुने, फेर िघर र्फकने गर्दै बसे । नजिकका मधेसी मूलको समूहले 'हामी मरेर पनि तपाइर्ंहरूलाई जोगाउँछौँ' भनेकाले उनीहरू बसिरहेका थिए । "३ गते दुई जना मधेसीलाई माओवादीले समातेर लगेको हल्ला आयो," शान्ति भन्छिन्, "त्यसपछि छिमेकी गाउँलेले पनि दक्ष्ािणतिरबाट आए भने हामी बचाउन सक्दैनौँ, भाग भने ।" अनि, मध्यरात बालबच्चा च्यापेर सबै हिँडे ।

मध्यरात खुरहुरयिा र गुगौली गाविसको सीमामा सबै भेला भए । कहाँ जाने, पत्तो थिएन । "जता आफ्नो समुदायका मान्छे छन्, उतै जाउ“m भनेकाले यता लाग्यौँ," खुरहुरयिा गाविस, कटुवाका ललित थापामगर भन्छन्, "यहाँ आइपुग्दा बिहानको ५ बजेको थियो ।" नेपाल तारा प्रावि, मगरघट्टामा रहेका विस्थापितहरूको व्यवस्थापन नयाँ समाज युवा क्लबले गरेको छ ।

"इलाका प्रहरी कार्यालय, गणेशपुर गएर एक जनाले प्रहरी निरीक्ष्ाकलाई नै मार्छु भन्दा त प्रहरीले केही गर्न सकेन," क्लबका अध्यक्ष दिनेश चापागाईं भन्छन्, "चन्द्रौटामा आफ्नै साथी मर्दा पनि सुरक्षा दिन सकेन । अब प्रहरीले सुरक्षा दिन्छ भनेर जनताले कसरी पत्याउने ?" उनी सरकारले शान्तिसुरक्षाको विश्वास दिलाउन नसकुञ्जेल विस्थापितहरू घर र्फकन नसक्ने बताउँछन्  । विस्थापित भएर चन्द्रौटा आएका खुरहुरयिा-९, दालपुरका युवा शङ्कर विक भन्छन्, "फर्केर जाने हो भने हामी छ-सात जनालाई त पक्कै मार्छन् ।"

पटकपटकको पीडा

कपिलवस्तुको यस क्षेत्रमा पहाडी र मधेसी समुदायबीच हिंसात्मक घटना भएको यो पहिलोपटक होइन । ०४६ सालयता यहाँ पटकपटक साम्प्रदायिक भिडन्तहरू भएका छन् । सरकारी प्रोत्साहनमा 'माओवादी प्रतिकार समिति' बनाइएपछि त माओवादीलाई खान-बस्न दिएको आरोपमा समेत थुप्रै गरबिको झुपडीमा आगो लगाइयो । त्यो हिंसा-चक्रमा कपिलवस्तु जिल्लामा मात्र ५० भन्दा बढी मान्छे मारएिका थिए भने छ सयभन्दा बढी घरहरू जलाइएका थिए ।

शङ्कर विक भन्छन्, "आक्रमणकारीहरू विगतको सरकारले दिएका एसएलआर र एके-४७ बोकेर आउँछन्, हामीले कसरी प्रतिरोध गर्नु ?" शाही सरकारका पालामा राज्यले प्रतिकार समितिलाई बाँडेका हतियार नै अहिले जनताविरुद्ध प्रयोग गरएिको आरोप स्थानीय बासिन्दाको छ । त्यसो त शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेललाई स्थानीयवासीले बुझाएको ज्ञापनपत्रको पहिलो बुँदामै लेखिएको छ, "शाही शासनकालमा बाँडिएका हतियार फिर्ता र अवैध रूपमा रहेका हतियार कब्जा गर ।"

पहाडी मूलका विस्थापितहरू नेपालतिर फिरेका छन् भने मधेसी मूल र मुसलमानहरू भारततिर लागेका छन् । बडनी रेल्वे स्टेसनस्थित गान्धी आदर्श कलेजमा दुई सय १६ विस्थापितहरू बसेको अभिलेखमा राखिएको छ तर असोज ८ गते दिउँसो कलेज परसिरमा नेपाली अधिकारकर्मीहरू पुग्दा त्यहाँ एक सय विस्थापित पनि थिएनन् । त्यसो त दुई किलोमिटर दक्ष्ािण सिद्धार्थनगर जिल्लामा रहेको मोइद खाँका भाइ -काकाका छोरा) को पोल्ट्री र्फममा डेढ सय जना राखिएको एक अधिकारकर्मीले जानकारी दिए ।

हल्लैहल्लाले खाएको छ कपिलवस्तुलाई । यति मान्छे हराए, मारएि वा बेपत्ता पारएि भन्ने हल्लाले थप त्रास बढाएको छ । महिलामाथि बलात्कारको हल्ला अझै व्यापक छ । "कसैले अर्कोलाई देखेन भने बलात्कारको हल्ला चलिहाल्छ," बेपत्ता पारएिको भनेर व्यापक प्रचार भएकी अरुणा विक, २८, भन्छिन् । तीन बच्चासहित चार दिनसम्म मीत तुमनाथ चौधरीको मोतीनगरस्थित घरमा लुकेर बसेकी अरुणा छैटौँ दिन मात्र छरछिमेकको सम्पर्कमा आएकी थिइन् । पत्रपत्रिकामा भदौ ३० गतेदेखि बेपत्ता भनिएका विमला कुमाल, सुशीला, रीता, पार्वती, दुर्गादेवी कुमाल, कल्पना सुनार, शिवा परयिार पनि आफन्तका घरमा गएर बसेको जानकारी आएको सुन्दरीडाँडाको विद्यालयमा विस्थापित भएका एक वृद्धले जानकारी दिए ।

भारत, गोरखपुरबाट निस्कने केही छापाहरूले यस्ता हल्ला फैलाएका हुन् । सहारा, दैनिक जागरण, अमर उजाला, स्वतन्त्र चेतना लगायत केही भारतीय छापाले हिंसा भड्काउने किसिमले जथाभावी समाचार लेखेपछि नेपालको प्रशासनले त्यस्ता पत्रिकाको बिक्रीवितरणमा समेत रोक लगाउनुपरेको छ ।

घटना भएको दुई साता बितिसक्दा पनि कपिलवस्तुको चन्द्रौटा र कृष्णनगर शान्त भइसकेका छैनन् । डँडेलो लागेको वनजस्तै काला घर र जलेका गाडी यत्रतत्र देखिन्छन् । पूर्व-पश्चिम राजमार्गको तौलिहवा जाने चोक ४ नम्बर -जितपुर) देखि काला मोटरहरू देखिन सुरु हुन्छ । चन्द्राैटा र कृष्णनगर क्षेत्रमा खाने ठाउँसम्म भेटिँदैन । जलाइएका मोटरका कङ्काल र जलाइएका घरका अवशेष जस्ताको तस्तै छन् ।

प्रशासनको कमजोरीका कारण यति ठूलो क्षति भएको कपिलवस्तुबाट सरकारले प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल र सशस्त्र प्रहरीका उपरीक्षक विकास श्रेष्ठलाई सरुवा गरेपछि आक्रोश केही घटेको छ । तर, विस्थापितहरू कोही पनि आफ्नो ठाउँमा र्फकन तयार देखिँदैनन् । जस्तो कि पति गुमाएकी १६ वषर्ीया अमृता भन्छिन्, "अब त्यस ठाउँमा कहिल्यै र्फकन्न ।" सरकारबाटै सुरक्षाको प्रत्याभूति नमिलेसम्म विस्थापितहरू घर र्फकने वातावरण देखिन्न ।

कपिलवस्तु घटना षड्यन्त्रपूर्ण भएको बताउने गृहमन्त्रीले त्यो षड्यन्त्र कसले कसरी गर्‍यो, त्यसबारे कुनै निष्कर्ष सार्वजनिक गरेका छैनन् । त्यो साम्प्रदायिक हिंसा मच्चाउन माध्यम बनेको मोइद खाँको हत्या कसले गर्‍यो, त्यसबारे पनि सरकारले कुनै तथ्य बाहिर ल्याएको छैन । मोइदको हत्या सम्भवतः लामै समयसम्म रहस्यको विषय बन्नेछ, जसरी त्यस हत्याले खनेको साम्प्रदायिक खाडल चाँडै पुरनिेवाला छैन ।

-आवरण तस्बिर ः मनोज पौडेल)

ँजिउँदै आगो लगाइयो’


अमृता सुनार

३० गते ऋषि पञ्चमीको दिन । घरमा पाहुना थिए  । घरमा बाख्रा काटेको थियो । त्यस्तै साढे ९ बजेको हुँदो हो, खाना पाकिसकेको थियो । गाउँमा हल्ला आयो- जिमिदार मर्‍यो रे ! हल्लाले गाउँ नै आतङ्कित भयो । "कोही नभाग, देशी आउँछ रे, सबै जम्मा हुनुपर्छ" भन्दै थिए, देशीले सबैतिरबाट घेरा हालिसकेछ । अलेली सामान झिकेर हामी बारीमा गएर बस्यौँ । सिट्टी मार्दै ५०-६० जनाको हूल आइहाल्यो ।

जेठाजु -शोभाराम) चुरोट खाँदै हुनुहुन्थ्यो  । "ओ चुरोटवाले, यता आइज," देख्नासाथ एउटाले भन्यो  । जेठाजुलाई लतारेर तानिहाले । 'नमार्नुस्-नमार्नुस्' भन्दै जेठानी दिदी -तुलसरी सुनार) बिलौना गर्दै हामफालेर समाउन पुगिन्  । उनलाई फालेर जेठाजुलाई चिर्पटले हाने । उहाँ त्यहीँ ढल्नुभयो  । उहाँलाई आफैँले बोकेको कपडाले छोपेर हामी सबैको सामु आगो लगाइदिए  ।

टन्नै थिए, मान्छे । हाम्रो केही लागेन । हामी भागेर अलि टाढा सरई खोलामा पुग्यौँ । उनीहरू पनि त्यतै आए । "यो पनि त्यही शोभारामको भाइ हो, मार्" भन्यो । २०-२५ जनाको हूल थियो । उहाँ -दिलबहादुर) लाई त्यहीँ मारे । दाजुलाई खोलावार िमारे, भाइलाई खोलापार ि।

उहाँ -दिल) को घाँटीमा 'सल' थियो । त्यसमा आगो लगाइदिए । उहाँको ढाड पोलेर कालो भयो तर अनुहार सग्लै थियो  । हामीलाई नभाग् भन्यो । त्यसपछि हामीलाई ऊखुबारीमा लगे । म 'लास्ट' मा थिएँ । मलाई लतारेर घिसारे । आधा बाटोमा पुगेपछि भागेँ । इज्जत लुट्न खोजेका थिए, पाएनन् । रातभर िऊखुबारीमै राखे ।

आमा, जेठानीसहित ११ जना सँगै थियौँ । भोलिपल्ट -भदौ ३१ गते) बाहिर निस्क्यौँ । त्यसपछि यता -चन्द्रौटातिर) हिँड्यौँ । तर, हिँड्न पनि सकेनौँ । बालुवामा खुट्टा गाडिए । आधा बाटो हिँडेर हल्लानगर आउँदासम्म पनि पहाडिया आए भन्दै थिए  । बल्लतल्ल साँझतिर चन्द्रौटा आइपुग्यौँ । र, अलि ढुक्कले सास फेर्न पाइयो ।

 

ँसम्झँदा पनि डर लाग्छ’


खरगु चौधरी

मोइद खाँका 'शिरबार' -बाली हेरालु) हुन्, खरगु चौधरी । मोइद मारएिको देख्ने पहिलो मान्छे पनि उनै थिए । के भन्छन् त यी जीवित साक्षी ? प्रस्तुत छ, उनकै विवरण ः

एक-डेढ महिनादेखि मालिक -मोइद) हरेक बिहान ७ देखि ८ बजेको समयबीच आफ्नो रातो मोटरसाइकलमा आउनुहुन्थ्यो  । त्यस दिन पनि आउनुभयो । म खेततिर जाँदै थिएँ । मालिकसँग बाटो -घटनास्थल) मा भेट भयो । उहाँले मोटरसाइकल रोकेर मलाई केही कुराहरू सोध्नुभयो । र, सडकको डिलमै उभिएर धान हेर्दै हुनुहुन्थ्यो, म हिँडेँ । १५-२० पाइला सारेको मात्र थिएँ, पश्चिमतिरबाट एउटा मोटरसाइकल आएर मालिकछेउ रोकियो । मैले त चिनजानको मान्छे होला भनेर मतलब गरनिँ । क्षणभरमा गोली चल्यो । फर्केर हेर्दा मालिक ढलेको देखेँ । पश्चिमतिरबाट मोटरसाइकलमा आएका दुई जना उतै -हल्लानगर) तिर हुइँकिए ।

अनि, मालिकको घरमा खबर गर्न भनेर म कुद्न खोज्दै थिएँ, पाइलै अघि सरेन, ढलेँ । त्यसपछि उताबाट आइरहेको हरकु चौधरीलाई मालिकको घरमा खबर गरदिे भनेँ । मालिकको मान्छे महर्रम खाँ यतै आउँदै रहेछन् । हरकुले उसलाई 'मालिकलाई गोली हाने' भन्यो । महर्रमले मालिकको घरमा खबर गरििदयो । त्यो घटना सम्भ“mदा मलाई अहिले पनि डर लागिरहेको छ ।

 

ँनियोजित घटना हो’

महादेव पोखरेल, व्यापारी, चन्द्रौटा

बिहान ८ बजे मोइद खाँ मारएिको खबर आयो । सहानुभूतिस्वरूप ८ः१० सम्ममा पसल बन्द गरसिकेका थियौँ । मनमा डर पनि थियो । तत्कालै लास लिएर गाडी तुफान गतिमा फर्कियो । त्यसका पछाडि अरू दुइटा गाडीभर िमान्छे थिए । त्यसलगत्तै ३०-४० जनाको हूल आएर आतङ्क मच्चाउन थाल्यो  । सबभन्दा पहिले बजारको पुलिस बिट जलाइयो । त्यसपछि सीधै मेरो पसलमा आक्रमण गरे ।

बजारमा मेरा सबभन्दा ठूला पसल थिए, 'ओम इलेक्ट्रोनिक्स' र 'आरडी एसिएन' । तिनै आक्रमणको निसानामा परे । म अर्को कुनामा लुकेर हेररिहेको थिएँ । पसलमा पसेर नगद, मोबाइल सेट, रचिार्ज कार्ड लुटे । कलर टीभी लगे । कम्प्युटर लुटे । पि|mज बाहिर निकाले  । लुट्नु लुटिसकेपछि पेट्रोल खन्याएर आगो लगाइदिए । त्यसपछि सबैतिर आगजनी सुरु भयो ।

पहिले चन्द्रौटाको चौराहा चोकमा आगो लगाइयो  । आधा घन्टापछि कृष्णनगरमा लुटपाट र आगजनी भयो । अनि, गाउँहरूमा पनि आगजनी, हत्या, लुटपाट र अत्याचार सुरु भयो । यसबाट प्रस्ट बुझिन्छ- यो नियोजित घटना हो । आवेशमा भएको भए पसलहरू मेलैसँग जलाइन्थ्यो होला । मेरा मात्रै दुइटा पसल गरेर ५५ लाख रुपियाँको क्षति भएको छ । पहाडीका भएकै कारण लुटपाट भएकाले यसको छानबिन हुनुपर्छ । मोइदको हत्या र लुटपाटको योजना एकैपटक बनाइएको त म भन्न सक्दिनँ तर आगजनी र लुटपाट छानीछानी गरएिको छ । सरकारले तत्काल अपराधी पक्रेर कारबाही गरोस् र हामीलाई क्षतिपूर्ति उपलब्ध गराओस् ।

 

काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ?

विजय पौडेल

असोजको पहिलो साता नेपाली सञ्चारमाध्यममा तीनवटा विषय निकै चर्चामा रहे । पहिलो 'इन्डियन आइडल' बनेका प्रशान्त, दोस्रो योगगुरु स्वामी रामदेव र तेस्रो कपिलवस्तु नरसंहार । कपिलवस्तु नरसंहारको स्थलगत रपिोर्टिङ्का लागि हामी बुटवल पुग्दा प्रशान्तलाई इन्डियन आइडल बनाउन प्रचारप्रसार र पैसा उठाउने काम भइरहेको थियो । तर, नजिकै कपिलवस्तुमा पीडित एवम् विस्थापितहरू भोकमा तड्पिरहेका थिए । जलेका घर, नरकङ्काल, विस्थापितका शोक अनि पति मारेर बलात्कार गरएिका महिला देखेर विक्षिप्त हँुदै भोलिपल्ट साँझ हामी बुटवल पुग्दा प्रशान्त इन्डियन आइडल बनेको खुसीयालीमा उत्सव मनाइँदै थियो ।

नेपाली मूलका प्रशान्त इन्डियन आइडल बनेको खुसीसँगै आएको दुःख हामी किन अनुभव गर्न सक्दैनौँ ? दिल्लीमा प्रशान्त इन्डियन आइडल बन्दा काठमाडौँ हाँस्छ भने कपिलवस्तुमा नरसंहार हुँदा किन दुख्दैन ? भारतमा जन्मेका, भारतमै हुर्केका अनि भारतीय प्रहरीमा कार्यरत प्रशान्त नेपाली मूलका हुनेबित्तिकै हाम्रा काँधमा सजाउन योग्य भए तर नेपालको तराईमा जन्मेर पुस्ताँैदेखि त्यहीँ बस्दै आएका मधेसी किन हाम्रा लागि नेपाली हुन सकेनन् ?

गत वर्ष माघमा तराई आन्दोलन भयो । त्यसले वर्षौंदेखि कुन्ठित मधेसी समुदायको भावनालाई मूलधारमा उजागर गर्‍यो । तर, त्यसपछि पनि तराईमा सामाजिक एवम् धार्मिक सद्भाव भड्काउन संविधानसभाविरोधी तत्त्वहरू लागिपरेका छन् । परण्िाामस्वरूप उनीहरू कहिले नेपालगन्ज कान्ड मच्चाउँछन् त कहिले लहान अनि कहिले गौर त, कहिले कपिलवस्तु  । उनीहरू काठमाडौँमा बम पड्काउँछन् भने दाङमा बितन्डा मच्चाउँछन्  । यस्तोबेला राजनीतिक दलहरूले पटकपटक दोहोरनिे यस्ता घटनाबाट पाठ सिकेको देखिँदैन । अझै पनि सरकार संवेदनशील नहुने हो भने यस्ता घट्ना बढ्दै जानेछन् । जनआन्दोलनको 'म्यान्डेट' सहित सत्तामा पुगेका दलहरूले समयमै संविधानसभा निर्वाचन नगरेर सङ्क्रमणकाल लम्ब्याउँदै लाने हो भने यीभन्दा ठूल्ठूला दुर्घटना हुन सक्छन्  ।

कपिलवस्तुले हिंसा र मृत्यु बेहोररिहँदा काठमाडौँ जीवनलाई निरोगी बनाउन र मानसिक स्वास्थ्यका लागि स्वामी रामदेवको शिविरमा रमाइरहेको थियो । योग जीवनका लागि अति उपयोगी साधना हो । तर, स्वामी रामदेवको शिविर धाउने धेरै जनाले कपिलवस्तुले जीवन गुमाइरहेको अनुभव गर्न सकेनन् । के गौतम बुद्धको जन्मथलो कपिलवस्तुमा हिंसा मच्चिरहँदा काठमाडौँ शान्तिको सन्देश लिएर कपिलवस्तु जान सक्दैन ?

असुरक्षाको कारण देखाउँदै पहिलो दिन रोकिएको स्वामी रामदेवको शिविर सफल पार्न तत्काल सम्पूर्ण सत्तारुढ दल, सुरक्षा निकाय एवम् वरष्िठ मन्त्रीहरू शिविरस्थलमै खटिए । कतिसम्म भने सरकारबाट बाहिरइिसकेको माओवादी नेताहरूसमेत त्यहाँ पुगे  । तर, कपिलवस्तुलाई सुरक्षा दिन कोही खटिएनन् । गृहमन्त्रीसहितको टोली घटनाको छैटाँै दिन मात्र कपिलवस्तु पुग्यो । जलिरहेको चन्द्रौटा बजारसँगै जोडिएको सशस्त्र प्रहरीको बेसक्याम्पबाट सुरक्षाकर्मी परचिालन नभएको आक्रोश अहिले पनि स्थानीय बासिन्दामा छ । चन्द्रौटा चौकीका जनपद प्रहरीले कुटाइ खाँदा र चौकी तोडफोड हँुदासमेत प्रशासन बेलैमा सचेत हुनसकेन ।

भदौ ३० गते कपिलवस्तु जलिरहँदा काठमाडौँमा माओवादी सरकारबाट बाहिरनिे उद्घोष गररिहेको थियो भने अन्य दलहरू उसलाई सत्ताबाट बाहिरनि नदिन फकाइरहेका थिए । सत्ताको खिचातानीमा लागेका सात दललाई कपिलवस्तु नरसंहारले समयमै पटक्कै छोएन । यसको ज्वलन्त उदाहरण हो, कपिलवस्तु घटनाको चार दिनपछि मात्र मन्त्रिपरष्िाद्को 'आकस्मिक' बैठक बस्नु । के त्यसै दिन सरकारबाट बाहिरनिे र भित्रिने विवाद छाडेर सबै दल घटनाको यथार्थ पत्ता लगाउन, जनतालाई सुरक्षा दिन र उद्धार गर्न खटिनुपर्ने होइन ? काठमाडौँको यस्तै संवेदनाहीन व्यवहारको फाइदा प्रतिगामी अनि धार्मिक एवम् जातीय सद्भाव भड्काउन खोज्ने आपराधिक तत्त्वहरूले लिने गरेका छन् ।

-पौडेल कान्तिपुर टेलिभिजनका पत्रकार हुन् ।)

विश्लेषण

सीमापारिबाट भएको सुनियोजित घटना


माधव आचार्य

नेपालको तराई, खासगरी सीमा क्षेत्रमा पछिल्लो समय निरन्तर बढ्दो हिंसा-प्रतिहिंसाको चक्रले समग्र मुलुकको शान्तिसुरक्षा र राजनीतिमा समेत प्रभाव पारेको छ । मूलतः यसलाई साम्प्रदायिक रूप दिने जुन प्रयास भएको छ, त्यो सबभन्दा संवेदनशील कुरा हो ।

घटनाक्रमलाई हेर्दा यो नेपाली सीमाभित्रकै समुदायबीच पहिलेदेखि रहेको मनमुटाव, वैमनस्यता आदिका कारण उनीहरू स्वस्र्फूत ढङ्गले हिंसामा होमिएजस्तो लाग्दैन । छिमेकी भारतमै कैयौँपटक साम्प्रदायिक दङ्गा हुँदा पनि नेपाल शान्त रहँदै आएको छ । परस्परविरोधी धर्म, संस्कृतिका बाबजुद हामी मिश्रति रूपमा बसेर एकअर्को समुदायलाई सम्मान र सहयोग गरेरै बाँचेका छौँ । त्यसैले पछिल्ला घटना-परघिटनाहरू आन्तरकि रूपमा उत्पन्न नभई सीमापारकिा आपराधिक प्रवृत्तिका मानिसहरूबाट सञ्चालन र निर्देशनमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ ।

कुनै एक व्यक्तिको हत्या हुनासाथ हिंसाले साम्प्रदायिक चरत्रि लिएबाट पनि त्यो आन्तरकि रूपबाट भएको घटना होइन भन्ने बुझिन्छ । त्यो हत्या र त्यसपछि उत्पन्न क्रूर हिंसा दुवै सुनियोजित लाग्छन् । जब कुनै सम्प्रदायसँग कुनै विषयवस्तु जोडिन्छ र त्यसलाई उत्तेजित बनाइन्छ, त्यस स्थितिमा त्यस समूहसँग सम्बन्धित व्यक्ति चाँडै भड्काउमा आउन सक्ने अवस्था रहन्छ । त्यसैले बाह्य तत्त्वले हाम्रो आन्तरकि सद्भावमा साम्प्रदायिकता घुसाइदिएको हो । सीमाभित्रै पनि केही कुत्सित स्वार्थ भएका मानिसहरू छँदैछन् ।

साम्प्रदायिक रूपमा दङ्गा भड्किएको अवस्थामा त्यसले अस्थिरता ल्याउँछ । यसरी जातीय रूपमा दङ्गा भड्कँदा एउटा जातिले अर्कोमाथि आक्रमण गर्छ । अर्को जातिले त्यसको प्रतिकार गर्छ । फेर िअर्कोले पुनः प्रतिकार गर्छ । एक पक्षले जुन रूपमा हिंसाको प्रयोग गर्छ, अर्को पक्षले त्यसभन्दा बढी हिंसात्मक भएर प्रतिकार गर्न खोज्छ । यसरी हिंसा-प्रतिहिंसाको चक्र घुमिरहन्छ  । यसो हुँदा स्थानीयस्तर अर्थात् सिङ्गो तराई निरन्तर अस्थिर बन्न सक्छ । र, त्यसको प्रभाव केन्द्रमा समेत पर्छ ।

राजनीतिक हिसाबले फाइदा लिन सकिने आशमा यो वितन्डा मच्चाइएको हो, जसमा सीमापारकिा अपराधीहरूको प्रमुख हात छ । तर, सीमापारकिो त्यही योजनालाई आकलन गर्न नसक्नु, उनीहरूको कुत्सित चाहनाबारे गुप्त रूपमा खोजी गर्न नसक्नु र घटनाको सम्भाव्यताबारे आफू समयमै सुसूचित हुन नसक्नु सरकारको कमजोरी हो ।

घटना भइसकेपछि प्रहरीले सक्रियता देखाउने एउटा पाटो हो । त्यसभन्दा महत्त्वपूर्ण हो, अपराध हुनै नदिने स्थितिका लागि सतर्कता अपनाउनु । त्यसका लागि पहिलेदेखि तयार, सतर्क रहनु, शङ्कास्पद गतिविधिमाथि निगरानी राख्नु र आफ्नो सुराकीमार्फत आपराधिक गतिविधिबारे जानकारी लिएर अपराध नियन्त्रण एकाइ सू-सूचित हुनु । त्यो स्थितिमा मात्रै अपराध भयो भने प्रहरीले लिने प्रारम्भिक 'एक्सन' ले सफलता पाउँछ । घटनास्थलको उचित जायजा लिन र भाग्दै गरेको अभियुक्तलाई पक्रन पनि सफलता मिल्छ । विदेशी मुलुकहरूले आफ्नो स्वार्थलाई माथि पार्न अरूबारे शान्तिकालमा पनि निरन्तर गुप्तचरी गररिहेका हुन्छन् । हामी भने आफ्नै वरपिरकिा घटनाबारे पनि बेखबर छौँ ।

अपराधीहरूको समूह सीमापारबिाट हूल बाँधेर आउँछन्, हतियारबन्द भएर आउँछन् । चाहे त्यो गौरको घटना होस् वा कपिलवस्तुको  । त्यस्ता सूचना पहिले नै प्राप्त गर्न सकेको भए प्रहरीले आवश्यक सतर्कता अपनाउन सक्थ्यो र त्यत्रो क्षति नहुन पनि सक्थ्यो । तर, प्रहरीको निगरानी र सुराकी व्यवस्था कमजोर देखियो । निरोधात्मक रूपमा प्रहरी जति सक्रिय हुन सक्नुपथ्र्यो, त्यो देखिएन । घटनालगत्तै जसरी सक्रियता देखाउनुपर्ने थियो, त्यसमा पनि हाम्रो प्रहरी प्रशासन निष्त्रिmय रह्यो । फलस्वरूप अपहरणदेखि चरम हिंसासम्मका घटना सीमा, तराई क्षेत्रमा नियमितजसो भइरहेका छन् । र, त्यो बढ्दो रूपमा भइरहेछ ।

कपिलवस्तुको जस्तो घटना हुँदा पनि 'जनताले आफ्नो सुरक्षा आपै“m गर्न सक्नुपर्छ' समेत भन्न थालिएको छ । आफ्नो कमजोरी लुकाउन त्यतिसम्म भन्न सरकार अग्रसर भएको छ । जनशक्ति कम छ भनेर प्रहरी प्रशासनले माफी पाउँदैन । आफ्नो सुरक्षा आफँै गर्ने भए सरकार, राज्य किन चाहियो ? आफ्नो सुरक्षा आफैँ गर्ने भनेको त जङ्गली अवस्थाको स्थिति हो ।

अर्को महत्त्वपूर्ण कुरा हो, नेपाल र भारतबीचको खुला सीमा । त्यही कारण जनता सजिलै आवतजावत गर्छन्, व्यापार विनिमय गर्छन् । कामको खोजीमा यताउता गर्छन् । कतिपय कुरामा जनतालाई सहज भएको छ । तर, यसको नकारात्मक पाटो पनि छ । जसरी आर्थिक-सामाजिक गतिविधि सहज भएको छ, त्यसरी नै आपराधिक गतिविधि पनि सहज छ । त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी राज्यको हो  । राज्य सञ्चालनकर्ताले जहाँबाट आपराधिक गतिविधि बढी रूपमा सञ्चालित हुँदैछ, अपराधीहरूले जुन नाका बढी प�