सबै
थोक लुटियो
कपिलवस्तुमा फैलिएको साम्प्रदायिक हिँंसा-प्रतिहिंँसाको
मारमा परेका निर्दोष नागरिकहरुको कथा
माधव ढुङ्गेल/चन्द्रौटा
साथमा, मनोज पौडेल
१६
वषर्ीया अमृता अनि २२ वर्षे दिलबहादुरको जोडी चखेवा-चखेवीभन्दा
कमथिएन । एकै गाउँको यस जोडीले साउन २९
गते मात्र प्रेमविवाह गरेको थियो । धनका गरबि तर दिलका धनी दिलबहादुर
-दिले) सँग खुसी थिइन् अमृता । तर, विवाहको ३१ औँ दिन आफ्नै
सामुन्ने पतिको हत्या हुन्छ भनेर बिचरी अमृतालाई के थाहा ? चिर्पटले
टाउकोमा हानेर आफ्नै अगाडि पतिको हत्या गरेको अनि घाँटीमा बाँधेको
ओढ्नेमा आगो लगाएर जलाएको दृश्य थर्थर काँप्दै आफ्नै आँखाले
हेर्नुपर्यो उनले । रुँदा-रुँदा आँसु सकिएकी अमृता भन्छिन्,
"आगो लगाएपछि उहाँको ढाड र पछाडिको कपाल डढ्यो, अनुहार
भने जस्ताको तस्तै थियो ।" -हेर्नुस्, सामुन्ने पानाको
बक्स)
यो कहालीलाग्दो कथा हो, कपिलवस्तुको । विसनपुर
गाविसको देवीपुरमा भदौ ३० गतेको आक्रमणको एक प्रत्यक्षदर्शी
हुन्, अमृता । त्यस घटनामा उनले सबै थोक गुमाइन् । तर, अमृताले
न मोइद खाँलाई देखेकी थिइन्, न त मोइदले कहिल्यै अमृतालाई देखेका
थिए । न त मोइदको हत्यामा देवीपुर -देवीनगर) का कसैको संलग्नता
थियो । अहिले पनि मोइद खाँको नाम शुद्धसँग उच्चारण गर्न नजान्ने
अमृता र देवीपुरवासीले उनै मोइदको रहस्यमय हत्यापछि सबभन्दा
बढी क्षति बेहोरेका छन् ।
देवीपुरका सबै घर खरानी भएका छन् । र, त्यसै
क्रममा भएको आक्रमणमा अमृताका पति दिलबहादुर र जेठाजु शोभाराम
सुनार मारएिका थिए । त्यसबाहेक अरू दुई जना हरबिहादुर बस्नेत,
३६, र झविन्द्रबहादुर खनाल, ४०, को पनि त्यहाँ हत्या भयो । बस्नेत
र खनाललाई बेस्सरी पिटेर बलिरहेको भूसको आगोमा जीवितै हालेर
मारएिको थियो । बाबुलाई जिउँदै जलाइएको दृश्य आफ्नै आँखाले देखेका
छोरा केशव बस्नेत, १४, त्यहाँबाट भागेर जोगिएका थिए ।
मारएिका चारै जना गाउँका चल्तापुर्जा हुन्
। शोभाराम त विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष्ा नै थिए
। "घरबाट कोही नभाग भने अनि सबै जना घरमै थियौँ,"
शोभारामकी पत्नी तुलसरी भन्छिन् । दुई छोरा र चार छोरीकी आमा
तुलसरी अब कहिल्यै त्यस ठाउँमा र्फकन चाहन्नन् ।
घरघरमा आगो
१२३
घर बसोवास रहेको देवीपुरमा ७०-७५ घर पहाडी मूलका छन्, बाँकी
चौधरी -थारू) हरू । भदौ ३० गते बिहान पौने ८ बजेतिर अब्दुल मोइद
खाँको हत्या भयो । खबर सुन्नेबित्तिकै गाउँमा सन्त्रास फैलियो
तीन वर्षअघि घर जलाइएको सम्झेर । "हामीले गाउँकै चौधरीहरूलाई
सोध्यौँ," अरुणा विक भन्छिन्, "तिमीहरू पनि हामीसँगै
मोइदलाई मट्टी दिन जाउ“m भने ।" तर, थारूहरूले भने आधा
घन्टा नहुँदै आफ्नो घरबाट सामान बाहिर झिके । उनीहरूले सामान
निकालेलगत्तै घरहरूमा आगो लगाउन थालियो ।
देवीपुरको पहाडी समुदायको बस्तीमा आगो लगाउनेहरूलाई
स्थानीय बासिन्दाले चिनेका छन् । सबैको नामचाहिँ भन्न सक्दैनन्
। एक बासिन्दा केही नाम सुनाउँछन्- लक्खन यादव, रामनाथ यादव,
चुलबुल यादव -एकै परविारका), आलमगिर शेरा, मुसे मुसलमान, छेवर
पासी आदि । छुट्टाछुट्टै सबैले चिनेका नाम मात्र जुटाउने हो
भने पनि आक्रमणकारीहरू चिनिने अवस्था छ ।
मोइदको हत्या भएको सुन्नेबित्तिकै घटनास्थल
पुगेका इलाका प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्ष्ाक
धर्मराज सुनुवारमाथि पनि आक्रमण भएको थियो । त्यसपछि चन्द्रौटाको
पुलिस बिट जलाइयो अनि महादेव पोखरेलको इलेक्ट्रोनिक्स पसलबाट
सुरु भयो लुटपाट ।
प्रहरीका
अनुसार, चन्द्रौटा बजारमा घर-पसल गरेर ६१ वटा लुटपाट र आगजनीमा
परेका छन् । ५५ ट्रक, छ बस, १० मोटरसाइकल, दुई पेट्रोल पम्प
र १० मोटरसाइकल जलाएर ध्वस्त पारएिको छ । त्यस्तै कृष्णनगर बजारमा
५१ पसल र होटलसमेत लुटिएको छ । कृष्णनगरमा त कफ्र्यु लागेको
भनिएको दुई घन्टापछिसम्म पनि लुटपाट भइरहेको कृष्णनगरका किराना
पसले रामप्रसाद अर्याल बताउँछन् ।
सबभन्दा बढी क्ष्ाति माथि उल्लेख गरएिको देवीपुर
गाउँमा भएको छ, जहाँका एक विद्यालयसहित एक सय २३ घर जलाएर खरानी
पारएिको छ । दोस्रो नम्बरमा पत्थरदैया गाविस पर्छ, जस अन्तर्गत
जगदीशपुरका १८, चौवाका ६१, अमलाका ३५ र खैरीका दुई गरी जम्मा
एक सय १९ घरहरूमा आगो लगाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगका
अनुसार खुरहुरयिा गाविसका ७० घर तथा मानपुर, गणेशपुर र ठकुरापुर
गाविसका २५ भन्दा बढी घर पूर्ण रूपमा जलाइएका छन् । सदरमुकाम
तौलिहवामा रहेको माओवादी पार्टी कार्यालय रहेका दुइटा घरमा पनि
मोइद खाँका समर्थकहरूले भदौ ३० गते नै आगो लगाएका छन् ।
भोलिपल्ट दाङतिरबाट प्रतिशोध साँध्न सातवटा
मोटरमा आएको अर्को समुदायले शिवपुर गाविस, खैरीका ४८ घरमा आगो
लगाएको छ भने पाँच घर तोडफोड गरेको छ । छवटा ट्रक पनि ध्वस्त
पारएिको छ । त्यस्तै, पूर्वतर्फबाट आएको आक्रोशित भीडले चनई
गाविसको खैरन्द्रपुरमा एउटा कपास फ्याक्ट्री जलाएको छ भने चार
घर र चार गाडी जलाएका छन् ।
गाउँ नै रित्तो
कपिलवस्तुका
पश्चिमी गाविसहरूमा अहिले आन्तरकि शरणार्थीहरूको घुइँचो छ ।
गुगौली गाविसको मगरघट्टा, शिवगढी गाविसको सुन्दरीडाँडा र प्रकाश
प्राविमा १२ सयजति विस्थापितहरू बसेका छन् । चन्द्रौटाको विद्यालय
र राजमार्गको किनारमा रूखमुनि घरविहीनहरूको ठूलो सङ्ख्या छ ।
यसबाहेक थुप्रैले आफन्त र चिनजानका व्यक्तिहरूकहाँ पनि शरण लिएका
छन् ।
मगरघट्टाको नेपाल तारा प्राविमा ७० परविारका
चार सय १२ जना बसेका छन् । भारतको बलरामपुरबाट आएकी बबी श्रेष्ठ
पनि सोही शिविरको चिसो छिँडीमा बसिरहेकी छन् । तीज मान्न माइती
खुरहुरयिा-५, देवीपुर आएकी उनी दुई दिनकी सुत्केरी रहिछन् ।
घरमा आक्रमण हुने डरले असोज ३ गते सबै गाउँले भागेपछि उनी पनि
बाबुआमासँगै गाउँ छाडेर त्यहाँ पुगेकी हुन् । जनज्योति प्रावि,
पत्थरदैयाकी शिक्षिका शान्ति रोकामगर भन्छिन्, "उल्टो जन्मेको
नानी बल्ल-बल्ल मातृशिशु कार्यकर्ताको सहयोगले निकाल्यौँ तर
बचाउन सकिएन ।"
उनले नजिकै अर्की पहेँलो अनुहारकी दुब्ली र
कमजोर महिलासँग पनि भेट गराइन् । उनी रहिछन्, २२ दिनकी सुत्केरी
मनकुमारी विक । भोक मेटाउन सुक्खा चिउरा चपाउँदै गरेकी उनले
हामीलाई देखेपछि चिउराको थाल लुकाइन् । काखमा सानो नानी च्याप्दै
भनिन्, "१४ दिन भएको थियो नानी जन्मेको, देशीले मार्छ भनेर
सबै हिँडे, म पनि हिँडेँ ।"
अस्थायी शिविरमा ८-१० यस्ता महिलाहरू छन् ।
१९ वषर्ीया शिवकुमारी श्रीशका पति सूर्यबहादुर भन्छन्, "डाक्टरले
त १५-१६ गते डेलिभरी हुन्छ भनेको थियो, खै यस्तो अवस्था छ, कसरी
उतार्नु ?" पति भारतको हरयिाणामा काम गर्न गएका रुद्रदेवी
थापा आफ्नो पनि कुना पस्ने महिना नजिक आएको बताउँदै भन्छिन्,
"बाँचे सुत्केरी, मरे त कालै हो क्यारे !"
शिविर व्यवस्थापनमा प्रहरी र माओवादीले सहकार्य
गररिहेका छन् । खासगरी माओवादीका 'वाईसीएल' कार्यकर्ताहरू निकै
सक्रिय देखिएका छन् । तर, समस्या पनि उत्तिकै देखिँदैछ । विस्थापितहरूमाझ
आँखा पाक्ने, झाडा-पखाला र ज्वरोको प्रकोप फैलिएको छ । पानी
परेकाले जाडो बढेको छ । न शीत छेक्ने छानो छ, न त न्यानो ओछ्याउने
नै ।
शिविरमा
बूढाबूढी र केटाकेटी धेरै देखिन्छन् । किनभने, अधिकांश लोग्नेमान्छे
भारतमा काम गर्न जाने भएकाले आक्रमण भएका बखत घरमा केटाकेटी
र बूढाबूढी बढी थिए । औसतमा एक परविार बराबर छ जना केटाकेटी
रहेको अनुमान गर्न सकिन्छ । खुरहुरयिा गाविसको देवीपुर र दालपुर
पूरै खाली भएको छ । "७५ प्रतिशतजति दलित रहेको त्यस ठाउँमा
सिँचाइ सुविधा नभएकाले आफ्नो कमाइबाट छ महिना पनि खान पुग्दैन,"
गोपाल सुनार भन्छन्, "यसपालि पानी परेकाले धान राम्रो भएको
थियो तर यस्तो दुर्भाग्य भयो ।"
असोज ३ गते राती ९ देखि ११ बजेको बीचमा उनीहरू
घर छाडेर हिँडेका थिए । देवीपुरमा आठ घर जलाइएको छ । स्थानीय
शिक्ष्ािका शान्ति रोकामगर, ४४, का अनुसार, तीन दिनसम्म खोलामा
जम्मा हुने, फेर िघर र्फकने गर्दै बसे । नजिकका मधेसी मूलको
समूहले 'हामी मरेर पनि तपाइर्ंहरूलाई जोगाउँछौँ' भनेकाले उनीहरू
बसिरहेका थिए । "३ गते दुई जना मधेसीलाई माओवादीले समातेर
लगेको हल्ला आयो," शान्ति भन्छिन्, "त्यसपछि छिमेकी
गाउँलेले पनि दक्ष्ािणतिरबाट आए भने हामी बचाउन सक्दैनौँ, भाग
भने ।" अनि, मध्यरात बालबच्चा च्यापेर सबै हिँडे ।
मध्यरात खुरहुरयिा र गुगौली गाविसको सीमामा
सबै भेला भए । कहाँ जाने, पत्तो थिएन । "जता आफ्नो समुदायका
मान्छे छन्, उतै जाउ“m भनेकाले यता लाग्यौँ," खुरहुरयिा
गाविस, कटुवाका ललित थापामगर भन्छन्, "यहाँ आइपुग्दा बिहानको
५ बजेको थियो ।" नेपाल तारा प्रावि, मगरघट्टामा रहेका विस्थापितहरूको
व्यवस्थापन नयाँ समाज युवा क्लबले गरेको छ ।
"इलाका प्रहरी कार्यालय, गणेशपुर गएर
एक जनाले प्रहरी निरीक्ष्ाकलाई नै मार्छु भन्दा त प्रहरीले केही
गर्न सकेन," क्लबका अध्यक्ष दिनेश चापागाईं भन्छन्, "चन्द्रौटामा
आफ्नै साथी मर्दा पनि सुरक्षा दिन सकेन । अब प्रहरीले सुरक्षा
दिन्छ भनेर जनताले कसरी पत्याउने ?" उनी सरकारले शान्तिसुरक्षाको
विश्वास दिलाउन नसकुञ्जेल विस्थापितहरू घर र्फकन नसक्ने बताउँछन्
। विस्थापित भएर चन्द्रौटा आएका खुरहुरयिा-९, दालपुरका युवा
शङ्कर विक भन्छन्, "फर्केर जाने हो भने हामी छ-सात जनालाई
त पक्कै मार्छन् ।"
पटकपटकको पीडा
कपिलवस्तुको यस क्षेत्रमा पहाडी र मधेसी समुदायबीच
हिंसात्मक घटना भएको यो पहिलोपटक होइन । ०४६ सालयता यहाँ पटकपटक
साम्प्रदायिक भिडन्तहरू भएका छन् । सरकारी प्रोत्साहनमा 'माओवादी
प्रतिकार समिति' बनाइएपछि त माओवादीलाई खान-बस्न दिएको आरोपमा
समेत थुप्रै गरबिको झुपडीमा आगो लगाइयो । त्यो हिंसा-चक्रमा
कपिलवस्तु जिल्लामा मात्र ५० भन्दा बढी मान्छे मारएिका थिए भने
छ सयभन्दा बढी घरहरू जलाइएका थिए ।
शङ्कर विक भन्छन्, "आक्रमणकारीहरू विगतको
सरकारले दिएका एसएलआर र एके-४७ बोकेर आउँछन्, हामीले कसरी प्रतिरोध
गर्नु ?" शाही सरकारका पालामा राज्यले प्रतिकार समितिलाई
बाँडेका हतियार नै अहिले जनताविरुद्ध प्रयोग गरएिको आरोप स्थानीय
बासिन्दाको छ । त्यसो त शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र
पौडेललाई स्थानीयवासीले बुझाएको ज्ञापनपत्रको पहिलो बुँदामै
लेखिएको छ, "शाही शासनकालमा बाँडिएका हतियार फिर्ता र अवैध
रूपमा रहेका हतियार कब्जा गर ।"
पहाडी मूलका विस्थापितहरू नेपालतिर फिरेका
छन् भने मधेसी मूल र मुसलमानहरू भारततिर लागेका छन् । बडनी रेल्वे
स्टेसनस्थित गान्धी आदर्श कलेजमा दुई सय १६ विस्थापितहरू बसेको
अभिलेखमा राखिएको छ तर असोज ८ गते दिउँसो कलेज परसिरमा नेपाली
अधिकारकर्मीहरू पुग्दा त्यहाँ एक सय विस्थापित पनि थिएनन् ।
त्यसो त दुई किलोमिटर दक्ष्ािण सिद्धार्थनगर जिल्लामा रहेको
मोइद खाँका भाइ -काकाका छोरा) को पोल्ट्री र्फममा डेढ सय जना
राखिएको एक अधिकारकर्मीले जानकारी दिए ।
हल्लैहल्लाले खाएको छ कपिलवस्तुलाई । यति मान्छे
हराए, मारएि वा बेपत्ता पारएि भन्ने हल्लाले थप त्रास बढाएको
छ । महिलामाथि बलात्कारको हल्ला अझै व्यापक छ । "कसैले
अर्कोलाई देखेन भने बलात्कारको हल्ला चलिहाल्छ," बेपत्ता
पारएिको भनेर व्यापक प्रचार भएकी अरुणा विक, २८, भन्छिन् । तीन
बच्चासहित चार दिनसम्म मीत तुमनाथ चौधरीको मोतीनगरस्थित घरमा
लुकेर बसेकी अरुणा छैटौँ दिन मात्र छरछिमेकको सम्पर्कमा आएकी
थिइन् । पत्रपत्रिकामा भदौ ३० गतेदेखि बेपत्ता भनिएका विमला
कुमाल, सुशीला, रीता, पार्वती, दुर्गादेवी कुमाल, कल्पना सुनार,
शिवा परयिार पनि आफन्तका घरमा गएर बसेको जानकारी आएको सुन्दरीडाँडाको
विद्यालयमा विस्थापित भएका एक वृद्धले जानकारी दिए ।
भारत, गोरखपुरबाट निस्कने केही छापाहरूले यस्ता
हल्ला फैलाएका हुन् । सहारा, दैनिक जागरण, अमर उजाला, स्वतन्त्र
चेतना लगायत केही भारतीय छापाले हिंसा भड्काउने किसिमले जथाभावी
समाचार लेखेपछि नेपालको प्रशासनले त्यस्ता पत्रिकाको बिक्रीवितरणमा
समेत रोक लगाउनुपरेको छ ।
घटना भएको दुई साता बितिसक्दा पनि कपिलवस्तुको
चन्द्रौटा र कृष्णनगर शान्त भइसकेका छैनन् । डँडेलो लागेको वनजस्तै
काला घर र जलेका गाडी यत्रतत्र देखिन्छन् । पूर्व-पश्चिम राजमार्गको
तौलिहवा जाने चोक ४ नम्बर -जितपुर) देखि काला मोटरहरू देखिन
सुरु हुन्छ । चन्द्राैटा र कृष्णनगर क्षेत्रमा खाने ठाउँसम्म
भेटिँदैन । जलाइएका मोटरका कङ्काल र जलाइएका घरका अवशेष जस्ताको
तस्तै छन् ।
प्रशासनको कमजोरीका कारण यति ठूलो क्षति भएको
कपिलवस्तुबाट सरकारले प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल
र सशस्त्र प्रहरीका उपरीक्षक विकास श्रेष्ठलाई सरुवा गरेपछि
आक्रोश केही घटेको छ । तर, विस्थापितहरू कोही पनि आफ्नो ठाउँमा
र्फकन तयार देखिँदैनन् । जस्तो कि पति गुमाएकी १६ वषर्ीया अमृता
भन्छिन्, "अब त्यस ठाउँमा कहिल्यै र्फकन्न ।" सरकारबाटै
सुरक्षाको प्रत्याभूति नमिलेसम्म विस्थापितहरू घर र्फकने वातावरण
देखिन्न ।
कपिलवस्तु घटना षड्यन्त्रपूर्ण भएको बताउने
गृहमन्त्रीले त्यो षड्यन्त्र कसले कसरी गर्यो, त्यसबारे कुनै
निष्कर्ष सार्वजनिक गरेका छैनन् । त्यो साम्प्रदायिक हिंसा मच्चाउन
माध्यम बनेको मोइद खाँको हत्या कसले गर्यो, त्यसबारे पनि सरकारले
कुनै तथ्य बाहिर ल्याएको छैन । मोइदको हत्या सम्भवतः लामै समयसम्म
रहस्यको विषय बन्नेछ, जसरी त्यस हत्याले खनेको साम्प्रदायिक
खाडल चाँडै पुरनिेवाला छैन ।
-आवरण तस्बिर ः मनोज पौडेल) |