Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लु एउटा कुरा भनुम सक्नेले र मिल्ने ले। सर्वप्रथम साझामा कुनै निकनेम देख्दा कस्तो भिजुवलाइज गर्नुभयो? मैले सर्वप्रथम भउते नाम देख्दा भउते भन्नाले कस्तो इमेज आयो दिमागमा सुनाउँछु! एउटा डल्लो डल्लो ७-८ बर्षको केटो। मोटो मोटो स्वस्थ तर अलि अलि माटो साटो लागेको मैलो मैलो, कट्टु र भोटो लाएको, खालि खुट्टा माटोमा टेकिराखेको, भोटो फाटेर पुट्ट भुँडि निस्केको, पाक्कल पुक्कल गाला भएको केटो नाकले सिंगान भित्र तान्दै म तिर हेरेर पिप्लामेठ किन्नलाई एक रुप्पे माग्दै ङिच्च दाँत देखाउँदै गरेको भउतुल्ल परको भउते मेरो दिमागमा आएको थियो!
Read Full Discussion Thread for this article