Posted by: gwanche August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ज दौ!! हिजो त खुब चिरवीर भे'छ चौतारीमा, जिम्मालबाले त २४ घण्टामा ६० भन्दा बढी पोस्ट गरे भन्ने गाँइगुँइ हल्ला नि सुनियो, बुढेसकालमा नि कस्तो जोस हो बुढाको? जिम्मालबाको जोश देखेर त आँफैलाई लाज लागेर आयो, आज त म पनि १५ वटा जती पोस्ट त गर्छु गर्छु। दुर्गी भाउजुले क्युट नानीहरुको फुटु राख्नु भे'छ, मेरो तर्फबाट नि भतिजिहरुलाई माया गर्दिनुहोला, चकलेट, पुस्टकारी चाइ लाग्यो लाग्यो गर्नु पर्ला। गोताएँ दाई, मिस दिदी, सान्नानी, दुर्गे दिदी सबैको नानीहरुको फुटु हेरियो अब जिम्मालबाले आफ्नी नातिनीको फुटु चौतारीमा कैले राख्ने होलान? मिस दिदीले अनी तिरुले कथा-सथा लेख्नु भनेर आदेस दिनु भा' जस्तो ला'थ्यो, के गर्ने आफ्नै कथा भईरा'छ यता त। साउको खेत जोत्न सिद्दिन सिद्दिन ला'छ त्यस्पछी फेरी खेत जोताइको पुराण लेख्नु छ, भ्याइ नभ्याइ छ। तैपनी केइदिन पछी मिल्यो भने केही टासुम्ला ! सबै सिरक भित्र गुट्मुटिराहोलान ऐले त, ठुलि त आम्थिन यतीबेलासम्म कता गैछिन आज। एक्लै फत्फतायो, सुरुवाल टक्टक्यायो गयो, यस्तै भईराछ आज्कल, कुरा गर्‍यो कुरा कै दु:ख!
Read Full Discussion Thread for this article