Posted by: hetterika!! August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लु ढल्नु अघी यो टाँस्दिम भनेर: मलाई नसोध कहाँ दुख्छ घाउ-२ म जे छु ठिकै छु बिथोल्न नआउ मलाई नसोध कहाँ दुख्छ घाउ मेरो जिन्दगीमा सधैँ यो उदासी सकेकै छु जीउन कहिले नहाँसी मेरो चाहना हो तिमी हाँसे पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ-२ त्यसैले म भन्छु तिमी मुस्कुराउ मलाई नसोध कहाँ दुख्छ घाउ कतै बिरानीमा हराएँ भने म कतै बेहोसिमा कराएँ भने म मेरो प्राप्ती त्यही यति ठाने पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ-२ अँध्यारोमै छोड दीयो नजलाउ मलाई नसोध कहाँ दुख्छ घाउ
Read Full Discussion Thread for this article