Posted by: chanaa_tarkaari May 2, 2007
बुद्ध जयन्ति र हराएको शान्ति
Login in to Rate this Post:     0       ?        
दुबै कविता निकै राम्रो लाग्यो । वर्तमान को यथार्थ चित्रण । उता मेरोसंसारमा पनि देखे, त्याँहा पनि यो कविता टाँसेर ठुल्दाइले राम्रो गर्नु भयो, त्यहाँका झगडालु मष्तिष्कहरुलाइ थोरै भएनि शीतल बनाउला कि ? सायमिको तस्वीरको पनि तारीफ गर्छु म । अर्को प्रसङ्गमा ---------------- पहिलो कुरो : शायद नेपालीले देशभित्र बुद्धलाइ नचिन्ने, तर बिदेश गएपछि चिन्ने रहेछ कि के हो कुन्नि, धेरैको मुखबाट यस्तो कुरो सुन्न पाइन्छ । बुद्ध नेपाली हो कि इण्डियन भन्ने प्रसंगमा इण्डियनहरुसित मित्रवत विवाद भयो भनेको मैले सुनेको छैन । बुद्धलाइ इण्डियन भन्दाखेरि खुबै रीस उठे पनि हामीसित बुद्धबचन र बौद्धदर्शनका बारेमा खासै ज्ञान भने छैन । कसैले चुनौति दिएर १० कक्षामुनिका किताबमा पढेका कुराहरु बाहेक १० मिनेट बुद्ध र बौद्ध धर्मका बारे बताइदेउ भन्यो भने हम्मे हम्मे पर्छ । शान्तिका अग्रदुत, कपिलवस्तुमा जन्मेको राजकुमार, रोगि, बृद्ध र मृत्यु जस्ता कुराबाट विरक्तिएर घरबाट भागेर गइ तपस्या गरेको, छ बर्षको कठोर तपस्या पछि ज्ञान प्राप्तगरेको र त्यहि ज्ञानको प्रचार गर्दै ८० बर्षको उमेरमा महानिर्वाण प्राप्त । यस्तै सेरोफेरोको कुरो मात्र थाहा छ हामीलाइ । यहाँनिर कता कता हाम्रो सोचाइ, भावना र व्यवहार असंगत भए जस्तो लाग्छ । दोस्रो कुरो: मेरो आफ्नै एउटा अनुभव यस्तो छ । एउटा जापानी साथीले बुद्ध इण्दो (इण्डिया)को भन्यो । अरु नेपालीले जस्तै मैले पनि आफ्नो प्रतिरोध राखे - बुद्ध नेपालको हो भनेर । सबै जापानीलाइ थाहा छ, बुद्ध नेपालमा जन्मेको भनेर, तर कसैले पनि बुद्धलाइ नेपाली भन्दैन । जापानमा जब जुन्को तावेइले सगरमाथा चढेर किर्तिमान राखिन, त्यसैबेला देखि जापानीहरुलाइ बुद्ध नेपालमा जन्मेको भनेर थाहा थियो, तर पनि त्यहाँ बुद्धलाइ नेपाली नमानिने रहेछ । किन होला? यस्तै मैले थाइ, भियतनामि, कोरियाली, मंगोलियालि लगायतका बिभिन्न देशका बौद्ध साथिहरुसित कुरा गर्दा सबै जसोले बुद्ध इण्डियाको नै भन्ठाने । नेपालमा हिमाल छ, नेपाल त धेरै चिसो ठाउँ हो, पातलो लुगामा बेरिने बुद्धजस्ता मान्छैहरु नेपालमा बस्नै सक्दैन भन्ने जस्ता तर्क पनि गरे कसै कसैले । मेरो बिचारमा नेपालको सरकारी पक्षबाट नै बुद्ध नेपाली हो भन्ने अन्तर्राष्ट्रीय प्रचार प्रसार गर्न नसकेको ले त्यसो भएको होला ।
Read Full Discussion Thread for this article