Posted by: Free H1B March 3, 2007
नक्कली प्रचण्डले ह“साए सक्कलीलाई
Login in to Rate this Post:     0       ?        
नक्कली प्रचण्डले ह“साए सक्कलीलाई दिनेश वाग्ले काठमाडौं, फागुन १८ - राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार सा“झ देखिएको दृश्यलाई सम्भवतः माओवादी अध्यक्ष प्रचण्डले कहिल्यै बिर्सने छैनन् । नागरिक समाजको 'गणतान्त्रिक सांस्कृतिक सा“झ' हर्ेन दर्शकदर्ीघाको अघिल्लो लहरमा बसेका नेताको हाउभाउ केही फिट परको स्टेजमा 'अर्का प्रचण्ड' ले दुरुस्तै उतारिरहेका थिए । केही महिनाअगाडि प्रचण्डस“ग कान्तिपुर टीभीकी 'पवनकली' ले अन्तर्वार्ता गरेकी थिइन्, जसको प्यारोडी शुक्रबार मनोज गजुरेल र मञ्जु श्रेष्ठले उत्कृष्ट ढंगमा प्रस्तुत गरे । मञ्जुको सुरुवाती उद्घोषणस“गै प्रचण्डलाई बिर्सर्ााे शैलीमा दर्शकमाझबाट मुठ्ठी कसिएको हात हल्लाउ“दै र हल्का फुलेका ट्रेडमार्क जु“गा लगाएका स्टेजतिर आउ“दा दर्शकको चिच्याहटपर्ूण्ा हा“सोलाई साथ दिएका थिए- माओवादी अध्यक्ष, एमाले महासचिव माधवकुमार नेपाल, माओवादीकै डा. बाबुराम भट्टर्राई र अन्य । 'तपार्इं कस्तो राम्रो, ह्यान्डसम,' मध्यतिर मञ्जुले पवनकली लवजमा प्रचण्ड मुद्राका मनोजलाई सोधिन् । हल्का 'हा.. हा' बाट प्रश्नलाई स्वागत गरेपछि दोषरहित लवजमा मनोजले दुवै कम्मर एकैसाथ उचाल्दै हा“सो फ्या“क्दा विलक्षण प्यारोडी प्रस्तुति स्टेजमा देखियो । वास्तविक माओवादी अध्यक्ष त्यसैगरी दुवै कम्मर उचाल्दै उन्मुक्त हा“सिरहेका थिए । 'लोभलाग्दो जुंगाका धनी' का रूपमा परिचय गराउ“दै 'प्रचण्ड' लाई उनको 'भु“डी' का बारेमा प्रश्न गरियो । 'जनयुद्ध हा“क्ने विचार र बन्दुकले,' जवाफ आयो- 'भु“डीले होइन ।' हलमा हा“सो छायो । 'पवनकली' ले 'प्रचण्ड' लाई नामको बारेमा प्रश्न गर्न चाहिन् । 'किन त्यस्तो डरलाग्दो नाम राखेको,' उनले भनिन्- 'जसलाई सुन्दा मान्छे सिङ् भएको पो होला कि भन्ने भान हुन्थ्यो ।' राजतन्त्र फ्या“क्न पुष्पलाल, मोहनविक्रम सिंह र मदन भण्डारीले गरेका 'असफल प्रयास' को उल्लेख गर्दै स्टेजका 'प्रचण्ड' ले जवाफ दिए- 'राजतन्त्र फाल्न नसक्नुपछाडि नेताको नाम नरम भएर पो हो कि - नाम सुनेरै निरंकुश राजतन्त्र आफैं ढलोस् भनेर राखेको ।' हालैका दिनमा अन्य कुराका अलावा सम्भावित सत्ता साझेदारीको तनावमा रहेका प्रचण्ड र अन्य नेताका लागि त्यो मन फुकाएर हा“स्ने मौका थियो । दर्शक स्टेजका प्रचण्डको अभिनयपछि त्यसको प्रतिक्रिया वास्तविक प्रचण्डले कसरी दिइरहेका छन् भन्ने जान्न बारम्बार कर्ुर्सर्ीीट उठेर अध्यक्ष्ँतिर आ“खा डुलाइरहेका थिए । सबैभन्दा बढी हा“सो त्यो 'अन्तिम' प्रश्नले गर्‍यो जो माओवादी नेता र उनकी पत्नीका बारेमा थियो । 'कतिपय अवस्थामा श्रीमतीलाई लिएर हि“ड्यो भन्ने आरोप पनि आएको अवस्था छ,' प्रचण्ड ट्रेडमार्कमा जवाफ आयो- 'हामी क्रान्तिकारीले आफ्नै श्रीमती लिएर हि“ड्ने हो । अर्काकी लिएर हि“डे बर्ुजुवा भइहालियो नि ।' हा“सोले उत्कर्षा लियो । नक्कली प्रचण्ड वास्तविक प्रचण्डकै अगाडिबाट मुठ्ठी कस्सिएको हात उचाल्दै दर्शकबीचमा हराए । 'मचाहि“ कान्तिपुर दैनिकबाट,' निरन्तरको हा“सोबाट थाकेका जस्ता देखिने माओवादी नेतालाई परिचय दि“दै प्रश्न गरियो- 'कार्यक्रम कस्तो लाग्यो -' 'कला, विषयवस्तु र प्रस्तुतिका हिसाबले उत्कृष्ट,' अध्यक्ष प्रचण्डले भने- 'जनताका निम्ति काम गर्ने र जिम्मेवारी लिने हिसाबले हर्ेदा धेरै जान्न पाइयो ।' आफूबारेको मनोज गजुरेलको प्यारोडी मन परेको उनले बताए । 'आफ्नैबारेमा आत्मसमीक्षा गर्न र अरूको आफूप्रतिको दृष्टिकोण थाहा पाउन निकै महत्त्वपर्ूण्ा,' उनले भने । त्यसो भन्दा उनी प्यारोडीमै जस्तो का“ध र हात हल्लाइरहेका थिए, 'माने' थेगो प्रयोग गरिरहेका थिए । मनोजको सिर्जनशीलताबाट अचम्मित भएको बताउ“दै प्रचण्डले उनको खबरदारीलाई सकारात्मक रूपमा लिएको बताए ।
Read Full Discussion Thread for this article