[Show all top banners]

Free H1B

More by Free H1B
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

*~Spring~*
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नक्कली प्रचण्डले ह“साए सक्कलीलाई
[VIEWED 1238 TIMES]
SAVE! for ease of future access.
Posted on 03-03-07 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली प्रचण्डले ह“साए सक्कलीलाई



दिनेश वाग्ले


काठमाडौं, फागुन १८ - राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार सा“झ देखिएको दृश्यलाई सम्भवतः माओवादी अध्यक्ष प्रचण्डले कहिल्यै बिर्सने छैनन् । नागरिक समाजको 'गणतान्त्रिक सांस्कृतिक सा“झ' हर्ेन दर्शकदर्ीघाको अघिल्लो लहरमा बसेका नेताको हाउभाउ केही फिट परको स्टेजमा 'अर्का प्रचण्ड' ले दुरुस्तै उतारिरहेका थिए । केही महिनाअगाडि प्रचण्डस“ग कान्तिपुर टीभीकी 'पवनकली' ले अन्तर्वार्ता गरेकी थिइन्, जसको प्यारोडी शुक्रबार मनोज गजुरेल र मञ्जु श्रेष्ठले उत्कृष्ट ढंगमा प्रस्तुत गरे । मञ्जुको सुरुवाती उद्घोषणस“गै प्रचण्डलाई बिर्सर्ााे शैलीमा दर्शकमाझबाट मुठ्ठी कसिएको हात हल्लाउ“दै र हल्का फुलेका ट्रेडमार्क जु“गा लगाएका स्टेजतिर आउ“दा दर्शकको चिच्याहटपर्ूण्ा हा“सोलाई साथ दिएका थिए- माओवादी अध्यक्ष, एमाले महासचिव माधवकुमार नेपाल, माओवादीकै डा. बाबुराम भट्टर्राई र अन्य ।
'तपार्इं कस्तो राम्रो, ह्यान्डसम,' मध्यतिर मञ्जुले पवनकली लवजमा प्रचण्ड मुद्राका मनोजलाई सोधिन् । हल्का 'हा.. हा' बाट प्रश्नलाई स्वागत गरेपछि दोषरहित लवजमा मनोजले दुवै कम्मर एकैसाथ उचाल्दै हा“सो फ्या“क्दा विलक्षण प्यारोडी प्रस्तुति स्टेजमा देखियो । वास्तविक माओवादी अध्यक्ष त्यसैगरी दुवै कम्मर उचाल्दै उन्मुक्त हा“सिरहेका थिए ।

'लोभलाग्दो जुंगाका धनी' का रूपमा परिचय गराउ“दै 'प्रचण्ड' लाई उनको 'भु“डी' का बारेमा प्रश्न गरियो । 'जनयुद्ध हा“क्ने विचार र बन्दुकले,' जवाफ आयो- 'भु“डीले होइन ।' हलमा हा“सो छायो । 'पवनकली' ले 'प्रचण्ड' लाई नामको बारेमा प्रश्न गर्न चाहिन् । 'किन त्यस्तो डरलाग्दो नाम राखेको,' उनले भनिन्- 'जसलाई सुन्दा मान्छे सिङ् भएको पो होला कि भन्ने भान हुन्थ्यो ।' राजतन्त्र फ्या“क्न पुष्पलाल, मोहनविक्रम सिंह र मदन भण्डारीले गरेका 'असफल प्रयास' को उल्लेख गर्दै स्टेजका 'प्रचण्ड' ले जवाफ दिए- 'राजतन्त्र फाल्न नसक्नुपछाडि नेताको नाम नरम भएर पो हो कि - नाम सुनेरै निरंकुश राजतन्त्र आफैं ढलोस् भनेर राखेको ।' हालैका दिनमा अन्य कुराका अलावा सम्भावित सत्ता साझेदारीको तनावमा रहेका प्रचण्ड र अन्य नेताका लागि त्यो मन फुकाएर हा“स्ने मौका थियो । दर्शक स्टेजका प्रचण्डको अभिनयपछि त्यसको प्रतिक्रिया वास्तविक प्रचण्डले कसरी दिइरहेका छन् भन्ने जान्न बारम्बार कर्ुर्सर्ीीट उठेर अध्यक्ष्ँतिर आ“खा डुलाइरहेका थिए । सबैभन्दा बढी हा“सो त्यो 'अन्तिम' प्रश्नले गर्‍यो जो माओवादी नेता र उनकी पत्नीका बारेमा थियो ।

'कतिपय अवस्थामा श्रीमतीलाई लिएर हि“ड्यो भन्ने आरोप पनि आएको अवस्था छ,' प्रचण्ड ट्रेडमार्कमा जवाफ आयो- 'हामी क्रान्तिकारीले आफ्नै श्रीमती लिएर हि“ड्ने हो । अर्काकी लिएर हि“डे बर्ुजुवा भइहालियो नि ।' हा“सोले उत्कर्षा लियो । नक्कली प्रचण्ड वास्तविक प्रचण्डकै अगाडिबाट मुठ्ठी कस्सिएको हात उचाल्दै दर्शकबीचमा हराए । 'मचाहि“ कान्तिपुर दैनिकबाट,' निरन्तरको हा“सोबाट थाकेका जस्ता देखिने माओवादी नेतालाई परिचय दि“दै प्रश्न गरियो- 'कार्यक्रम कस्तो लाग्यो -'

'कला, विषयवस्तु र प्रस्तुतिका हिसाबले उत्कृष्ट,' अध्यक्ष प्रचण्डले भने- 'जनताका निम्ति काम गर्ने र जिम्मेवारी लिने हिसाबले हर्ेदा धेरै जान्न पाइयो ।' आफूबारेको मनोज गजुरेलको प्यारोडी मन परेको उनले बताए । 'आफ्नैबारेमा आत्मसमीक्षा गर्न र अरूको आफूप्रतिको दृष्टिकोण थाहा पाउन निकै महत्त्वपर्ूण्ा,' उनले भने । त्यसो भन्दा उनी प्यारोडीमै जस्तो का“ध र हात हल्लाइरहेका थिए, 'माने' थेगो प्रयोग गरिरहेका थिए । मनोजको सिर्जनशीलताबाट अचम्मित भएको बताउ“दै प्रचण्डले उनको खबरदारीलाई सकारात्मक रूपमा लिएको बताए ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters