Posted by: Ebaje February 15, 2007
Krishna Sitaula....One of the Best Home Minister Nepal ever had
Login in to Rate this Post:     0       ?        
Go Sitaula Go.....You are 1000 times better than Kamal Thapa, Govinda Raj Joshi, Sher Bahadur Deuba and Khum Bahadur Khadka I appericiate what you have done to Bring Maoist to the Main Stream... गृहमन्त्रीको राजीनामा दिल साहनी माओ त्से तुंगले एक ठाउ“मा भनेका छन्- आफ्ना विचार मिल्ने मान्छेसित त जो पनि मिल्न सक्छ । एउटा असल कम्युनिष्ट त्यो हो जो आफ्ना विचार नमिल्ने मान्छेसित पनि मिल्न सक्छ । मिलेर काम गर्न सक्छ । कृष्णप्रसाद सिटौला कुनै कम्युनिष्ट होइनन् । तर म उनमा माओले भने जस्तै एउटा असल कम्युनिष्टमा हुनै पर्ने आफ्नो विचार नमिल्ने मान्छेसित पनि मिल्न सक्ने गुण देख्छु । विशेषता देख्छु । क्षमता देख्छ । व्रि्रोही माओबादीसित शान्ति बार्ताको बाटो हु“दै अघि बढ्ने मामिलामा सिटौलाले आफ्नो खुवीको खुव प्रयोग गरेका छन् र त्यसमा आशातीत सफलतासमेत प्राप्त गरेका छन् । सफलता प्राप्त गर्न सकिने दिशातिर पाइला सारेका छन् । मलाई लाग्छ यदि कांग्रेसले यो जिम्मा सुजाता कोइराला वा शैलाजा आचार्यलाई दिएको भए सातदल, उसको सरकार र माओबादीवीच भएको शान्ति बार्ता उहिल्यै विफल हुन पुग्थ्यो । अमेरिकामा रिचर्ड निक्सन जस्तो राष्ट्पति र हेनरी किसिंगर जस्तो कुटनीतिज्ञ नभएको भए माओको चीनले चाहेर मात्र अमेरिकासित उसको सम्बन्ध एकाएक त्यसरी नसुध्रिन सक्थ्यो । अहिले यिनै सिटौलाको राजीनामको मांग भइरहेको छ । मधेसी जन अधिकार फोरमबाट सिटौलाको राजीनामाको मांग भैरहेको छ । स्वयं सिटौलाको पार्टर्ीीट पनि त्यस किसिमको मांग भैरहेको छ । यो दुखद पक्ष हो । कुरो यो होइन कि सिटौला कमजोरी नभएका मान्छे हुन् । बरु कुरो यो हो कि सिटौला समयले मांगेका मान्छे हुन् । उनी समयले मांगेका यस्ता मान्छे हुन् जसमा केही कमजोरी भए पनि यतिबेला त्यस ठाउ“मा बसेर आफ्नो त्यो भूमिका पूरा गर्ने सवालमा उनी सभवत सवभन्दा उपयुक्त मान्छे हुन् । तीन थरिका मान्छे सिटौलाको राजीनामा मागिरहेका छन् । एक थरिको भनाई छ-उनले ज्यादा दमन गरे । चाहिएभन्दा बढी बल प्रयोग गरे । अर्का थरिको आरोप छ-उनले जति दमन गर्नु पर्दथ्यो त्यति गरेनन् । उनले आफ्नो रौद्र रुप देखाउनको सट्टा बौद्ध रुप धारण गरे । अझ अर्का थरिका मान्छे भन्दैछन्-सिटौलाले माओबादी मान्छे भएर काम गरे । त्यसैले राजीनामा दिनु पर्छ । सिटौलाको राजीनामा नै यतिबेला नेपालको मूल मुद्दा नै होइन । शान्तिबार्तालाई पर्ूण्ातः सफल पार्न सिटौलाको भूमिका निकै महत्वपर्ूण्ा छ । सिटौलाको राजीनामाले मुलुकको शान्ति प्रक्रिया विना कुनै अवरोध अघि बढ्ने भए उनी एक मिनट पनि कर्ुर्सर्ीी नबस्दा त्यति आपत्ति मान्नु पर्दैन । उनले राजीनामा दिनासाथ मुलुकको शान्ति प्रक्रियामासमेत ठूलो दर्ुघटना हुन सक्ने खतरा रहन्छ । अहिले मधेसी जन अधिकार फोरमले राजीनामालाई शर्तकै रुपमा राखेर बार्ता अघि बढाएन भने मुलुकको द्वन्द्वलाई चर्काउनलाई त त्यसले निकै धेरै मदत गर्ने छ तर शान्ति प्रक्रियामा भने निकै ठूलो दरार पार्न सक्ने संभावना छ । यो मुलुकका निम्ति शुभ संकेत होइन । म यो भन्दिन कि सिटौलाबाट कुनै गल्ती कमजोरी भएको छैन । म यो पनि भन्दिन कि फोरमबाट पनि कुनै गल्ती कमजोरी भएको छैन । तर हामी सवै नेपाली नया“ नेपाल बनाउन जुटेका बेला आ- आफूले आ- आफ्ना गल्ती कमजोरी चिन्दै र सच्चाउ“दै जानु पर्छ । यो झगडाको विउ रोप्दै जाने बेला होइन बरु एकताको सुत्र खोन्दै अघि बढ्ने समय हो । द्वन्द्व जतिसक्दो चर्काउ“दै जाने बेला होइन बरु उल्टै जतिसक्दो घटाउ“दै जानु पर्छ । यसका लागि सवैले अग्रगमनको बाटो रोज्न आवश्यक छ । प्रतिगमनले त बर्तमान द्वन्द्वलाई सम्बोधन गर्न सक्ने कुरो भएन । यथास्थितिबाट पनि द्वन्द्वको कुनै निकास निस्किंदैन ।
Read Full Discussion Thread for this article