Posted by: Gautam B. February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
गालउले सोस्तानी सुनाउञ्जेल जाडो-साडोको वास्ता नगरी सुनियो के रे। अनि सांगेका दिन बिहानै नुहाएर वर्त पनि बस्नी भा'को के रे (लाइफमा फष्ट ट्याम पहिलो चोटि), चिसोले च्याप्पै पारेछ। त्याँ' माथि चिल्लो-चाप्लो नैवेत पनि खा'को, थलै परियो गाँठे! बल्ल-बल्ल तंग्रेर हिँड्न सक्नी भईयो! जे भा नि, भाण्टाङभुण्टुङ डे का दिन केटकेटीहर्ले निकै रमैलो गर्नी पारा ल्या'का छन्। केटकेटीमात्रै के र, जिम्मालले पनि जिम्माल्नीलाई बिहानै उठेर 'आइ लप यू' भनेर औंरजीमै भन्नी रे! आफ्नाँ त भाण्टाङभुण्टुङ डे लागीसको के रे, सबैलाई शुभकामना छ।
Read Full Discussion Thread for this article