Posted by: nepalean February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
डाडाको नाक मान्छे, गाइ बस्तुले पो सास फेर्छ अनि नाक हुन्छ, डाडाले न केही खान्छ न त सासै फेर्छ , किन चाहियो नाक ? सास फेरोस कि नफेरोस तर मलाइ डाडाको नाकको सार्है माया लाग्छ। मेरो धेरै लामो पिरती छ डाडाको नाक सित। मामा घर कति गइयो कति ? बस चढ्ने चाहि डाडाको नाकमै आउथें । यता उता भिड भाड हुदा बसले नरोक्ने , आफुलाइ घर नगै नहुने , अन्नतत डाडाको नाक नै हुने गर्थयो मेरो स्टेशन। अझै आमासंग हिड्दा त म फुच्चे, मामाघरबाट ल्याएका खितिर, मितिर, डाडाको नाकमा नगै त बस चढ्न नै नसकिने। डाडाको नाकमा अर्को प्यारो बस्तु थियो मेरो, सुन्तलीको पसल । बस त झट्टै नपाइने, बस कुर्दै चियामा बिस्कुट चोपेर खान अर्कै मज्जा हुन्थ्यो। मलाइ त लाग्थ्यो बस नै नआए हुन्थ्यो, यहि बिस्कुटले दिन कटाउन पाए । तर नाम बस भए नि किन बस्थ्यो, जति टनाटन भए पनि पोखरा तिर दौडिहाल्थ्यो । अनि म र आमा सकि नसकि पछाडिको ढोकाबाट कोच्चिन पुग्थ्यो, साच्चै चिया भन्दा नि तातो हुन्थ्यो भित्र। निलो आकाश, पहेलिएका धान, सरदको बतास, यस्तै संग बिते मेरा समय डाडाको नाकसंग। भरत पोखरी देखि २ घन्टाको हिडाइ, सुन्तलिको चिया ,ताल बस अनि डाडाको नाकको चिसो बतास, यो सम्झदा जाहा छु जुरुक्क उडेर मामाघर हिडु हिडु जस्तो लाग्छ ।तर आजकाल डाडाको नाक अर्कै भएको छ, जान को कुरा त के सुन्दा नि आगं सिरिगं हुन्छ। त्यो एरियाको सुरक्षा दिन बसेको पुलिस चौकी रमिता भएको छ अनि बेला बेलामा पत्रिका मा आउने गर्छ समाचार लिएर । केही बर्ष अघाडी म अमेरीका आउनु पहिला मामाघर गएको थिए । त्यसको केहि दिन पछि माओबादी आएर डाडाको चौकी आक्रंण गरेछन। पुलिस सहित थुप्रै मान्छे मरे कैदी सहित । एक जना परियार थरको कारणले गर्दा ति कैदि त्याहा परेका रहेछन। भोलि पल्ट स्थानियाले कैदी मरेको निहुमा तिनिलाइ पिटे र तिनको घरनै जलाइदिए । माओबादीको आक्रमणमा खोइ के सम्बन्ध रहेछ कुन्नि, तर तिनको घर आगो लाग्यो, साना साना केटा केटी घरबार बिहिन बनाइए आफ्नै छिमेकीले । आज फेरि डाडाको नाक आयो समाचारमा । एउटा दुर्घटनामा एक स्थानीए मरेछन। पुलिसले समयमा कदम नचाल्दा उनि मरे भनेर सय भन्दा बढि प्रहरीको अगाडी उनि खम्वामा बदिए, दुनिया रमिते भए । अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न ! (तलको फोटो डाडाको नाकमा भएको घटनाको हो – फोटो घन्श्याम पोडेल)
Read Full Discussion Thread for this article