Posted by: chanaa_tarkaari January 26, 2007
Eminent Icon on NR Bill - Shankhadhar Sakhwah
Login in to Rate this Post:     0       ?        
के तपाइले शंखधर साख्वालाइ चिन्नु भएको छ? शंखधर साख्वा नै नेपाली नोटमा हुनु सर्वोत्तम छ भनि मैले किन आवाज उठाएको भनेर संक्षेपमा लेख्दैछु । शंखधर साख्वाले करीब ११०० बर्षपहिले निकै धन कमाए । उनले आफ्नो त्यो निजि सम्पत्तिबाट तत्कालिन नेपालको सम्पूर्ण जनताको ऋण तिरिदिएर सबैलाइ ऋणमुक्त पार्नुका साथै स्वास्थ्य नै धन हो भन्ने शिक्षा समेत दिएर अभूतपुर्व आर्थिक क्रान्ति गरे । यो माथिको दुइ वाक्य नै शंखधर साख्वाको बारे शायद सबभन्दा छोटो चिनारी होला। उनी नेपालका कान्छा बिभुति पनि हुन । उनको योगदानलाइ धेरै तरीकाबाट बिश्लेषण गर्न सकिन्छ । आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने उनले समाजमा आर्थिक समानता हुनु पर्छ भन्ने अवधारणा ल्याएको देखिन्छ, याने कि जुन अवधारणाको बारेमा १६औ १७औ शताब्दिमा यूरोपमा चर्चा चल्न थाल्यो उनले त्यो भन्दा धेरै अगाडि त्यसलाइ अघि सारे । उनले जनतालाइ ऋणबाट मुक्त गरेका मात्र नभइ स्वतन्त्र रुपमा आर्थिक ब्यबसाय गर्न दिएर सम्पन्नता पनि उपहार दिए । जबकि उनको समय भनेको धर्मद्वारा निर्देशित सामन्ति शासनको चरमोत्कर्ष थियो । उनले जे गरे, त्यसको बिरोधमा सामन्ति शाषकले के कस्ता षडयन्त्रहरु गरे होलान, ती कुराहरु स्पष्ट अभिलेखित छैन । जुन इतिहासका अन्वेषकहरुको लागि आकर्षक बिषय पनि हो । तर उनको उक्त कदम नेपालको इतिहासमा पहिलो बृहत आर्थिक क्रान्ति हो जुन उनले लहडमा वा चुटकि बजाएर गरेको होइन ठुलै संघर्ष पश्चात मात्र गर्न सकेका हो भन्ने कुरामा दुइमत छैन । पञ्चायतकालीन दास मनोवृत्ति ग्रस्त पुस्तक लेखकले महेन्द्रमल्लको गुणगान गाए तर शंखधरलाइ सम्झेनन । महेन्द्रमल्ल असल राजा थिए होला, तर ऊ राजा थिए, र राजा भनेका राम्रा हुन्छन भन्ने छाप बालमष्तिष्कमा पार्ने शाहि कुत्सित मनसायले ती राजा पाठ्यक्रममा अटाए । तर सर्वसाधारण ब्यक्ति भइकन पनि राजामहाराजाले गर्न नसकेका अथवा गर्न नचाहेका जनहितका मिशाल शंखधर साख्वालाइ नैतिकताको प्रतिबिम्ब ठानिएन । बल्कि इतिहासबाटै मेटाउने अनेक प्रयत्न नियोजित रुपमा गरीयो । पञ्चायतकाल मात्रै होइन त्यो भन्दा धेरै अघि शताब्दियौ देखि, तब देखि जब देखि नेपालमा सामन्ति राजतन्त्र बलियो हुँदै गयो । आधुनिक विश्वको इतिहासमा समाजमा आफ्नो एक्लो पौरखबाट नै सिङ्गो समाजलाइ आर्थिक दासताबाट मुक्त गराएको बिरलै सुन्न सकिन्छ । उनले जुन मेहनत र त्याग गरे, त्यस्तो काम गरेर देखाउने न कुनै चक्रवर्ति सम्राट छ न कुनै खानदानि धनी, न बिगतमा न अहिले नै । आज नेपालमा चरम गरीवि, धनी गरीब बीचको गहिरो खाडल, लगायतका यावत समस्याहरु रहेको बेला नेपाललाइ फेरी एउटा आर्थिक क्रान्ति चाहिएको छ । यो बेला राजामहाराजाको तस्बिर होइन सच्चा जनसेवकको तस्बिर नेपालको नोटमा राख्न आबश्यक छ । शंखधर जस्ता आर्थिक क्रान्तिकारीलाइ सम्मान गर्दा शायद हाम्रो देशमा अत्याबश्यक भएको आर्थिक क्रान्तिको निम्ति नैतिक बल मिल्ने छ । त्यसैले शंखधर साख्वाको तस्बीर नेपालको नयाँ नोटमा हुनु पर्दछ भन्ने पक्षमा मेरो बिचार ।।।।
Read Full Discussion Thread for this article