Posted by: Rahuldai January 26, 2007
Eminent Icon on NR Bill - Shankhadhar Sakhwah
Login in to Rate this Post:     0       ?        
अरिनिको एउटा बिकल्प हुन सक्छ, तर यसमा पनि नजरका दोषिहरु को आँखा लाग्छ नै । भक्तपुरे नेवार भन्ला, फेरी । अर्को कुरो उनी चाइना त गए, नेपाली कला र बास्तुकला फैलाए तर देश फर्केनन । अब अर्को थरिले भन्ला, मुग्लान भांसेकोलाइ के को सम्मान गर्ने भनेर । हामी "म"बाद बाट कहिलेइ अघी बढ्न सकेनौ । साझा मै हेर्नुस् न, ब्यक्तिपूजाका अनिगिन्ती धागो हरु देखिन्छन्, चम्चागिरिको को नि हद हुन्छ नि कसैको तालु खुइलेकोमा समेत सम बेदना प्रकट गरी रहेका छन । नेता लाई गाली गर्दै देश बनाउने गाडी हाक्दै छन । यहाँ टाईप गर्नुहोस् । हाम्रो गाउँशहरको धुवाँ धुलो अनि अभाव भन्दा पर बसेर प्रदुषण को महात्म्य लेखी रहेकाछन । एउटा पार्टिको झण्डा बोक्अरु पार्टिकालाई सत्तो सरापी रहेका छन । र आफुलाई बिदेशी डिग्री धारि विद्वानको माला आँफै पहर्‍याइ रहेका छन । बिबिधतामा एकता भनेको यही हो कि मैले बुझन नसकेको । अस्तु!
Read Full Discussion Thread for this article