Posted by: gwanche January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
के हुन्थो ठुलि हालखबर, एउ मुठि सास साँचिराखिया छ भन्नु परो, सर्दिको बेला जिउ दुखेर हैरान हुन्छ, नलिखुट्टा पनि कट्कट खान्छ, दुई पाइला हिंड्नु हुँदैन स्याँ...स्याँ भएर आन्द्रा-भुँडी नै मुखाँट निस्केला अस्तो हुन्छ, आँखा नि धमिलो हुँदै गैराछ, कान पनि कम सुन्छु, नाकले पनि बास्ना हो कि दुर्गान्ध छुट्याउन मुस्किल हुन्छ, कपाल झरेर पुन्टे दाइको जस्तै बच्चा बच्चीकरुले खेल्ने चिप्लेटी अस्तो भइसको, गाला इस्त्री नगरेको कमिज अस्तो मुजा मुजा परिसको, दिमाग नि कम काम गर्न लागेको अस्तो छ, सानोतिनो कुरा नि बिर्सिहाल्छु, बुढेश काल लागेको अस्तो मानि छु । हरिशरणम् !! गालब नातिले आज स्वस्थानी भट्याउला भुन्नी मानेर लड्दै पड्दै लट्ठी टेकेर यस्तो जाडोमा चौतारीआँ आको, कोइ छैन रैछ, ठुल्नानी नातीनि बाहेक । यसतै हो आज्कलका भुराभुरीलाइ धर्म कर्मको के मत्लब हुन्थो र ! हाँरो पाला भे गालबले श्वासथानी भट्यारै भ नि दुई चार वटि भित्र्याइसक्थो, केटी हेर्न जाँदा सबैभन्दा पैलो प्रश्न नै स्वस्थानी भट्याउन आम्छ कि आम्दैन केटालाइ भन्ने हुन्थ्यो तेतिबेला ! लौ हेर मेरो सुद्दी मु त एक्लई फत्फत पो अर्न लागेछु, हन को को छौ हँ चौतारीआँ ?
Read Full Discussion Thread for this article