Posted by: Rahuldai January 25, 2007
Login in to Rate this Post:
0
?


देवकोटा लाई बाहुन भन्नु, शन्खधर लाई नेवार भन्नु अनि सीता लाई मधेसी भन्नु संकुचित मानसिकता को उपज मात्र हो। नेपाल् सम्बत लाई आत्मसाथ् गर्न नसक्नु दास मनोबृत्ति मात्र हो। भारतिय सम्राटले स्थापना गरेको सम्बत् लाई शिरोपर् गरेर राष्ट्र प्रेम को भजन गाइरहेका छौं हामी। एक् जना नेपाली ले गरेको लोककल्याणकारि कामको मुल्यांकन् हामी नेवार् ले गरेको भनेर तुच्छता प्रदर्शन् गरि रहेकाछौ हामी। नेपाली भन्दा पनि, नेवार्, पहाडिया, अनि मधेशी मा खण्डित् भएका छौं हमी। लाहन त्यसै जलेको होइन। देश जल्न बाट् रोक्नु छ भने नेपाली भएर सोचौं। शन्खधर् को बिरोधमा जुलुस् निकाल्न के को हतार्?
एक् जना मित्र ले हिमाल राख्न सुझाएका छन्, राम्रै हो। प्राय: जसो नोट् मा कुनै न कुनै हिमाल् रहेको छ नै। फेरि कुन् हिमाल् राख्ने? सगर्माथा ज्ञानेको बाउ ले आधा बेचि सके, चिन ले हाम्रो हिमाल् किन राखिस् भन्ला।
मेरो बिचार् मा, जाति धर्म भन्दा माथिका ब्यक्तित्व हरु लाई क्रमश: राख्दै जानु पर्दछ। शन्खधर्, बुद्ध, लक्ष्मी प्रसाद् देवकोटा, सीता, भृकुटी, आदि लाई राख्न सकिन्छ।