Posted by: hetterika!! January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
( मनमनै: ल यो ग्वाँचे मोरा त, अस्ति झन कसैले नदेख्ने गरि गैराबारीको कान्ला मुनि लुकेर तानेको, काँ बाट मास्टर्नी दिदीलाई कुरो पो लाईदेछ। म पनि तेल्लाई पोहोर मास्टर्नी दिदीको खेताँ रोपाईं गर्दा राम्रो खाजै खुवाउन्नीन भन्दै ठगेर काममै नआ'को नभन्दि त) हैन हो मास्टर्नी दिदी, म काँ चिलिम तान्छु र, कुरो पो गर्देको त :P (फेरी ठूल्दाइले नदेलान भन्ने पीर, उफ) मामा दर्शन गरें है, कुम्ले के छ? एपोलोको जस्ता पाता रे, यो चोटी मावल जाँदा त जस्ताको छाना होला जस्तो छ है, नभए पानी छुहिएर हैरान!
Read Full Discussion Thread for this article