Posted by: gaalab January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ! हे तितरी! खयर भनेको नदी किनारमा पाइनो बलियो काठ हो। यस काठलाई खोपेर दूध दही राख्ने ठेकीहरु बनाइन्छ। ठेकी कुँध्दा खयरको धूलो झर्छ जुन चियाको रङ् जस्तै हुन्छ। तिमीले हिजो त्यही धुलो हालेर रिकुटेलाई चिया पकाइछौ। :) कुम्लेलाई चौतारी बना'कोमा धन्यवाद छ। यस उपलक्षमा तिम्रै गुणगाणमा स्वस्थानीको अर्को अध्याय। रिसानी माफ होस् । :p चौतारी स्वस्थानी व्रतकथा - २० वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! यता हजार ई-प्रेमिकादेखि आजित भएपछि कुम्लेलाई पनि के गरूँ र कसो गरूँ भयो। उनी बिरक्त भई "राम्री कन्या वर पाउने" उद्वेश्यले श्लेशमान्तक वनको नदीको किनारमा बसी सारा सांसारिक कृयाकलाप बन्द गरी श्रीमहादेवको तपस्या गर्न लागे। यता श्रीमहादेव पनि कान्तिपुरका मानिसहरुको आचरणदेखि आजित भए पनि, अँझै मेरो आरधाना गर्ने भक्त रहेछ भनेर हर्षले गदगद हुनुभयो। र, कुम्लेलाईं मागेको भन्दा बढी वर दिने बिचार गरी उनको ध्यानशक्तिलाई दोब्बर गराई, ध्यानलाई बिथोल्नेहरुबाट सजग रहन सकोस् भनेर ध्यानदृष्टिले बिचार गरी हेर्न सक्ने शक्ति समेत प्रदान गर्नुभयो। कुम्लेको तपस्याले गर्दा सारा स्वर्गलोग डगमगाउन लाग्यो। यस्तो देखेर देवराज ईन्द्रले एउटी अप्सराकोको रचना गरी भोलिपल्ट बिहानै कुम्लेको ध्यान भङ्ग गर्न श्लेशमान्तक जाने आदेश दिनुभयो। ईन्द्रको यो चाल पहिले नै बुझिसकेका कुम्ले पनि कहिले ती परी आउलिन् र ध्यान भङ्ग गरी विवाह गर्न पाउँला भनेर पर्खेर बस्न लागे। अर्को विहान कुनै स्त्रीको स्वरबाट मिठो गाना सुनेर आँखा खोल्न लागे। यो विहान कसले गीत गाउँछ भनी हेर्दा आफ्नो अगाडि बत्तीस लक्षणले युक्त भएकी सुन्दरीले "आजारे, आजारे ओ मेरे दिलबर" भन्दै गुनगुनाइ रहेको पाए। "ओहो, ईन्द्रले मेरो लागि यस्ती सुन्दरी परी पठाइदिएछन्" भन्दै हर्षित हुँदै, ध्यान भङ्ग गरी ती युवती छेउ गई "हे कन्या! तिमी को हौ? कहाँबाट आयौ? यस्तो अनकन्टार जंगलमा के गर्दैछौ?" भनेर सोध्न लागे। लामो लामो कपाल भएका साधुबाट यस्तो प्रश्न सुनेर ती कन्या भन्न लागिन् "हे भिक्षु! म कान्तिपुरमा बस्छु। सँधैं कोलहालपूर्ण र व्यस्त दिनहरु बिताउँदा दिक्क लागेर केही दिन भ्याकेसन् लिई अहिले म मेरो ई-ब्वाईफ्रेन्ड निससँग यो वनको बिहार गर्न आएको छु।" तिनीले यस्तो भन्दा भन्दैमा उताबाट चिनेचिनेको स्वर सुनेर हेर्दा निसान्तलाई देखे। निसान्तले ती युवतीलाई "हाई हनी! डन्ट् टक टु दिज् योगीज्। दे आर भेरी स्टिन्की।" भनेर आफूतिर बोलाउन लागे। आफ्नै 'पाट'बाट यस्तो अपमानको बोली सुनेर कुम्ले पनि नसुनेको जस्तो गर्दै "रङ् नम्बर! यो निसेले बरु तपस्या नै नगरी गर्ल् फ्रेन्ड बना'च। आफू त!!! ध्यान पनि भङ्ग गरियो। उफ्!!" भन्दै आफैंलाई धिक्कार्दै ध्यान गरेको ठाउँमा फर्किंन लागे र त्यहाँ श्रीमहादेवलाई खडा भएको देखे। कुम्लेले यति सजिलै ध्यान तोडेको देखेर महादेव दु:ख मान्दै भन्न लागे "हे भक्त! मैले तिमीलाई जस्तो माया कुनै भक्तलाई गरिन। तिमीलाई ध्यान भङ्ग गर्न खोज्नेहरुको चियो गर्न सकोस् भनेर ध्यानदृष्टिले बिचार गरी हेर्ने शक्ति पनि दिएँ। तर तिमीले ध्यान तोडिदियौ। तर ठिकै छ, एउटा वर माग म पुर्याइदिउँला।" महादेवको यस्तो वचन सुनी कुम्ले पनि भावविभोर भई भन्न लागे "हे करुणाकार! यस्तो ध्यान तोड्ने भक्तलाई पनि वर दिने तपाईं धन्य हुनुहुन्छ। कोटी कोटी नकस्कार छ। मलाई एउटी सुन्दरी दिनुहोस्।" यस्तो सुनेर अलि अचम्मको दृष्टिले हेर्दै महादेवले एउटा वानर सृष्टि गरिदिनुभयो। सुन्दरी मागेकोमा वानर देखेर कुम्ले पनि दुखेसो पोख्दै भन्न लागे "हे ईश्वर! वानर त यो वनभरि छन्। तपाईंसँग त सुन्दरी पो मागेको। यो के गर्नुभयो?" महादेवले पनि स्पष्टिकरण दिंदै "पोथी वानरलाई सुन्दरी भन्छन् नि त मोरा!" भन्दै अन्तर्ध्यान हुनुभयो। कुम्ले किंकर्तव्यविमूढ भएर वानरदेखि डराउँदै भाग्न लाग्दा भए। दुई घन्टा पछि कुम्लेको ध्यान तोड्न ईन्द्रलोकबाट आएको उच्चस्तरीय टोली तपस्या गर्ने साधुलाई भेटाउन नसकी त्यसै फर्क्यो। इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे विंशोध्याय॥२०॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article