Posted by: Mirmiray January 1, 2007
Nepali Post: Biased views
Login in to Rate this Post:     0       ?        
नेपाली पोस्‍ट वेबसाइटमा "अमेरिकामा वस्‍ने नेपालीहरुको एउटै स्‍वर.." भन्‍ने शीर्षकमा छापिएको वृतान्‍त हेरे। त्‍यँहा अमरिकामा वस्‍ने नेपालीहरु भनेर नेपालमा मतदान अधिकार नेपाल वाहिर वस्‍ने नेपाली नागरिकहरुलाई दिईनुपर्ने जोड दिएका रहेछन। कुरा सठीक लाग्‍यो। तर सँधै झै खस्‍कने कुरा के भने नेपालीहरुको एउटै स्‍वर भनेर केवल दुई वा तीन जातिलाई मात्र मत लिनमा समेटिएको रहेछ। के अमेरिकामा वाहुन छेत्री र नेवार वाहेक अरु जात छैनन? अरु जातको मत नलिई सबै नेपालीहरुको एउटै स्‍वर हो भन्‍नु पँचायत हावापानी र मलजलमा हुरकेका व्‍यवहारको प्रदर्शन र पुर्वाग्रह वाहेक अरु के हुनसक्‍छ र? हार्डडिस्‍क वा मेनफ्रेममा पुस्‍तौ देखि अरु जात लाई गणना नगर्ने वानी परेकाहरुलाई के भन्‍ने? व्‍याकएण्‍ड र फ्रन्‍टएण्‍डमा छुटटा छुटटै लगावट र देखावट गर्ने पुर्खौली प्रवृत्‍ति अमरिका जस्‍तो ठाममा वसेर पनि पालिराखेका रहेछन। नेपालमा दुईतीन जातका अलावा गुरुगँ, तामागँ, मगर, थारु, राई, शेर्पा, ईत्‍यादि पनि छन भन्‍ने हेक्‍का राखम है। "हाम्रो नेपाल" "हाम्रो नेपाल" भनेर उफ्रिएर मात्र भएन, यसलाई साँचो अर्थमा सबै नेपालीको नेपाल वनाऊने हो भने यी दुईचार जात वाहेक अन्‍य जात पनि छन भन्‍ने मुखले मात्र होइन, व्‍यवहारमा पनि नविर्सम। समावेशीपनको हल्‍ला मात्र होइन, व्‍यवहारमा पनि ल्‍याउन परो। त्‍यसैमा सवै नेपाली र नयाँ नेपालको हित छ।
Read Full Discussion Thread for this article